April 19, 2026

दंगीशरणमा दलित र गैर दलितविच विवाह गर्ने ११ जोडिलाइ सम्मान ।

0

दंगीशरण चैत ९

प्रमोद आचार्य 

दंगीशरणमा दलित र गैर दलितविच विवाह गर्ने ११ जोडिलाइ सम्मान ।

“आत्म सम्मान समानता र सामाजिक न्याय सहितको समृद्धिका लागी राजनीतिक हक,जातीय छुवाछुत तथा सवै प्रकारका बिभेद अन्त्यका लागी दलित अधिकार दशक” भन्ने मुल नारासहित दंगीशरण गाउँपालिकाको आयोजना तथा दलित महिला संघ फेडोको सहकार्यमा ५९ औं अन्तरास्ट्रिय जातीय बिभेद उन्मुलन दिवस बिबिध कार्यक्रम गरी मनाएको छ ।गाउँपालिकाले दिवसको अवसरपारी दलित र गैर दलितबिच अन्तर्कृया,तथा जातीय बिभेद तथा छुवाछूत उन्मुलनमा गैर दलितको भुमिका विषयक बक्तीत्वकला प्रतीयोगिता तथा गाउँपालिकाभित्र दलित र गैर दलितबिच अन्तरजातीय विवाहगर्ने ११ वटा जोडिलाइ दोसल्ला तथा प्रमाणपत्र सहित सम्मान गर्दै दिवस मनायाको हो । 

कार्यक्रममा बोल्ने धेरैजसो वक्ताहरुले जातीयबिभेद तथा छुवाछुत उन्मुलनका लागी सरकारले जती निती कानुन तथा कार्यक्रम ल्यायपनि अझै कार्यान्वयन गर्नेकुरामा चुनौती देखियको बताएकाथिय ।

कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले सरकारले छुवाछूत तथा जातीय बिभेद अन्त्य गर्न जती कार्यक्रम ल्याय पनि कहिकतै छिटपुट रुपमा छुवाछूत तथा जातीयबिभेद हुनेगरेको प्रती दुखब्यक्त गर्नुभयो ।

अर्को प्रसङ्गमा अध्यक्ष गिरीले दंगीशरण गाउँपालिकामा दलित छुवाछूत तथा जातीयबिभेद तथा दलितलाइ होच्याउने तथा अपमानित सब्दहरु कसैले कसैलाइ नगर्न र यदि कहिकतै त्यस्तो भए गाउँपालिकाको न्यायिक समिती मार्फत आउन र आफुहरु तत्काल कार्वाहि गर्न तयार रहेको बताउनुभयो । 

आफुहरु निर्वाचित भएर आइसकेपछि भौतीक पुर्वाधारको विकास सङ्गै मानविय विकासलाइ जोड दिदै समाजामा हरेक हिसावले पछाडी पारीएका दलित ,जनजाती,अपाङ्गता सिमान्तकृत,बिपन्नको सवालमा आफ्ना कार्यक्रमहरु प्राथमिकताका साथ अगाडी बढाएको बताउनुभयो । यस बर्षको बजेटमा पनि दलित लक्षित कार्यक्रम गरेको तथा दलित बिध्ययकलाइ समेत सभामा लगेर पास गर्नेगरी अगाडी बढेको अध्यक्ष गिरीको भनाइथियो ।

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले आफु न्यायीक समितीको सयोजक रहदैगर्दा जातीय बिभेदका घटनाहरु आउने गरेको र आफुले दलितका सवालहरुमा न्याय दिदै अगाडी बढेको बताउनुभयो ।पछिल्लो समयमा अझैपनि कतीपय असिक्षित ब्यक्तीले  जातीय बिभेद र छुवाछूत गर्नेगरेको बताउनुभयो ।दलित सम्बन्धि जातीय बिभेद र छुवाछूत सम्बन्धि ऐन कानुन बनेतापनि कार्यान्वयनमा कमि भएकोप्रती दुख ब्यक्त गर्नुभयो ।

५९ औं अन्तर्राष्ट्रिय जातीय बिभेद उन्मुलन दिवसको अवसरपारी आयोजना गरेको बक्तीत्वकला प्रतीयोगितामा बिरेन्द्र नमुना माध्यमिक विधालाय हेकुलिका रन्जित चौधरी प्रथम,बिरेन्द्र माध्यमिक विधालाय हेकुलिकै क्रान्ति परीयार दितिय र  सिद्ध पृथ्वी जनता माध्यमिक विधालय श्रीगाउका निरज देवकोटा तृतिय भएकाहुन ।

कार्यक्रम दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको अध्यक्षता ,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता जिल्ला समन्वय समिती दाङका सदस्य टोपाराम चौधरी र निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनोद अधिकारीको बिशिस्ट आथित्यतामा भएकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो