भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन सम्बन्धि अन्तर्कृया कार्यक्रम दंगीशरणमा सम्पन्न
दंगीशरण फाल्गुन १० प्रमोद आचार्य “सदाचार,निस्पक्षता, र निर्भिकता”भ्रस्टाचार विरुद्धको सहकार्य:शुसासनका लागी अपरीहार्य “भन्ने मुल उदेस्यका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जको आयोजना तथा दंगीशरण गाउँपालिकाको ब्यबस्थापनमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन सम्बन्धि पालिका स्तरीय अन्तर्कृया कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

स्थानिय तहमा स्थानिय सरकार संचालन ऐन तथा निती कर्यबिधि बारे सवैको समान बुझाइ राख्न सहयोग गर्दै जिम्मेवारी बोध गराउने उदेस्यले अन्तर्कृया कार्यक्रम गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुर कार्यालयका प्रमुख गणेश बहादुर अधिकारीले बताउनुभयो।

अन्तर्कृया कार्यक्रममा भ्रष्टाचार भनेको के हो ? कस्तो अवस्थालाइ भ्रस्टाचार भन्न सकिन्छ भ्रष्टाचार पछिको परीणाम ,भ्रष्टाचार पुष्टी पछी हुने कानुनि कार्वाही लगायतका बारेमा जानकारी गराइएकोथियो ।अन्तर्कृया कार्यक्रममा बोल्दै अख्तियार कार्यालय कोहलपुरका प्रमुख अधिकारीले पछिल्लो समय कानुनि अनभिज्ञताका कारण भ्रस्टाचारका मुद्दामा वृद्धि भएको वताउनुभयो ।बिभिन्न सुचकलाइ मापन गर्दै बिस्वका १८० रास्ट्र मध्य भ्रस्टाचार हुने देशको सुचिमा नेपाल १०८ औ नम्बरमा परेको समेत उहाँले जानकारी गराउनुभएको थियो ।
अन्तर्कृया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले शुसासनको जग बसाल्न सवैभन्दा बढि चासो र दायित्व नागरीकको हुने बताउनुभयो ।अध्यक्ष गिरीले आफु निर्वाचित भएर आय पस्चात पालिकामा कोटेसन प्रक्रियालाइ अन्त्य गर्दै इभिडिङ सिस्टमको विकाश गरी बचेको पैसाबाट पालिकाका विपन्न दिर्घरोगिलाइ निशुल्क औषधि बितरण गरीएको बताउनुभयो ।

यस्तै अन्तर्कृया कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले आफु लामो समयसम्म न्यायिक समितीमा रहेर काम गरीसकेको बताउदै कर्मचारीले आफ्नो कर्तव्य र अधिकारलाइ ख्याल गरी अगाडी बढ्दिन आग्रह गर्नुभयो ।
अन्तर्कृया कार्यक्रममा शिक्षक,बिधालय ब्यबस्थापन समितीका अध्यक्ष, मतहवा,सुरक्षा निकाय,बन उपभोक्ता समितिका अध्यक्ष,साखा प्रमुखहरु,लगायत करीव १५० जनाको उपस्तिथि रहेकोथियो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेको स्वागत मन्तब्य बाट शुरुभएको कार्यक्रमको सहजीकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नारायण प्रसाद ढकालले गर्नुभएकोथियो ।