April 19, 2026

मानवसेवा आश्रमको नजर सडकपेटिमा

0

प्रसिद्ध डाँगी,फागुन ९ सल्यान, मानवसेवा आश्रम दाङ शाखा द्वारा सल्यान जिल्ला त्रिबेणि गाउँपालिका वडा न ६ लुहामकाे सडकपेटीमा बिगत ४ बर्ष देखि बस्दै आइरहनु भएकि अन्दाजी उमेर ६०/६५ वार्षिया बाटुली साहु ,बर्ष ३०/३५ का बाबुराम साहु र बर्ष ३०/३५ कि कमला बिकको उद्वार गरेको छ ।।


लामो समय देखि त्रिबेणि गाउँपालिका ,लुहाममा कष्टपुर्ण जीवन यापन गर्दै आइरहनु भएका ३ जना लाइ त्रिबेणि गाउँपालिकाको सिफारिसमा उद्वार गरेको मानवसेवा आश्रम दाङ शाखाले जानकारी दिएको छ।।


उद्वार कार्यमा त्रिबेणि गाउँपालिका का अध्यक्ष , उपाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत ,त्रिबेणि गाउँपालिका वडा न ६ का वडा अध्यक्ष साथै ईलाका प्रहरी कार्यालय लुहामका कार्यालय प्रमुख ,पत्रकार ,समाजसेबी साथै स्थानियको सहभागिता रहेको थियो।।
उद्वार भएका ३ जनाको अभिभावकत्व त्रीबेणि गाउँपालिकाले लिने कुरा पनि जानकारी गराउनु भएको छ।।

सेवा संयाेजनकारी भुमिका निर्वाह गर्नुहुने सम्पुर्णमा दाङ शाखाले ह्दयदेखि नै नमन व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो