April 19, 2026

ब्रह्माकुमारी ईश्वरी विस्व विधालय साखा श्रीगाउँको भवन उद्घाटन

0

दंगीशरण फाल्गुन ७ :प्रमोद आचार्य :नैतिक ज्ञान तथा सस्कारको विकासमा ब्राह्मकुमारी ईश्वरी विस्व विधालयको महत्त्वपूर्ण भुमिका रहेको लुम्बिनि प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कि राजेशले बताउनुभएको छ ।ब्राह्मकुमारी ईश्वरी विस्व विधालय एवम राजयोग प्रशिक्षण केन्द्र साखा कार्यालय श्रीगाउँ दाङको आयोजनामा भवन उद्घाटन तथा सिलन्यास गर्दै अर्थमन्त्री मास्किले यस्तो बताउनुभएको हो । भवनको सिलन्यास कार्यक्रममा बोल्दै मन्त्री मास्किले अधुरो भवनलाइ पुर्णता दिन आगामी आर्थिक बर्ष २०८१/८२ को बजेटमा समेटिने गरी आफु लाग्ने प्रतीबद्दता ब्यक्त गर्नुभयो ।अर्को एक प्रसङ्गमा मन्त्री मास्किले दाङले धेरै ठुलो अवसर पाएकाले पनि यती वेला यो अवसरको भरपुर सदुपयोग गर्नेमा आफु लागीपरेको बताउनुभयो ।

भवन सिलन्यास कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले असल चरीत्रको विकास र आध्यात्मिक ज्ञानको माध्यम बाट समाज रुपान्तरणको अभियानमा ब्राह्मकुमारी ईश्वरी विस्व विधालयले खेलेको भुमिकाको उच्च प्रसंशा गर्नुभयो ।अध्यक्ष गिरीले धन सम्पती मात्र ठुलो कुरा नभइ असल र सभ्य सस्कारको विकास आजको प्रमुख चुनौतीको बिषय रहेको बताउउनुभयो ।

कार्यक्रममा दङगीशरण गाउँपालिका उपाध्यक्ष पिमाकुमारी वलि खड्का,दंगीशरण गाउँपालिकाका निवर्तमान अध्यक्ष भागीराम चौधरी,दंगीशरण वडा न ६ का वडा अध्यक्ष रोशनजङ शाह, नागरिक  समाजका नारायणप्रसाद श्रेष्ठ , योगी बिश्व हिन्दु महासंघ / हिन्दु बिद्यापिठ निवर्तमान सस्थापक संस्थापक  डा भाेलानाथ योगि ,नेपाली काङ्ग्रेस तुल्सीपुर उपमहानगरपालिकाका  नगर सभापति सुरेश हमाल,दंगीशरण  ७ का निवर्तमान वडाध्यक्ष  बिरु वली जग्गादाता डाेलनाथ याेगी,मधुवन आद्यात्मिक पुनर्जागरण केन्द्र घोराहीका अध्यक्ष यज्ञ बहादुर भण्डारी लगायतको उपस्थिति रहेकोथियो ।

भवनको शिलान्यास कार्यक्रम ब्रह्माकुमारी ईश्वरी विस्व विधालयका क्षेत्रीय प्रमुख गिता न्यौपानेको अध्यक्षता,लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धन बहादुर मास्कि राजेशको प्रमुख आथित्यता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरी गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा भएको हो ।

भवन सिलन्यास कार्यक्रममा जग्गादाता एवं सहयोगी ब्यक्ती र संस्थालाई दोसल्ला ओढउनुका साथै सम्मान पत्रद्वारा सम्म्मान गरिएकोथियो ।स्थानीय ब्यक्ती विभिन्न संघ संस्था एवं ब्रह्माकुमारी दाङ जिल्लाका सेवाकेन्द्रका सदस्यहरुको ठुलाे उपस्थिति रहेकोथियो । स्थानीय केन्द्र संचालिका ब्रम्हा कुमारी सावित्री गौतमको स्वागत मन्त्ब्य बाट शुरुभएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव राजयोगी शिवलाल महताराले गर्नुभएकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो