April 19, 2026

श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र बागरमा नयाँ एमबुलेन्स संचालनमा

0

दंगीशरण – ६ स्थित श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ एमबुलेन्स लाइएको छ । लुम्बिनी प्रदेश सरकारको झन्डै २० लाख आर्थिक साहेता पछि स्वास्थ्य केन्द्रले नयाँ एम्बुलेन्स खरिद गरि ल्याएको हो ।

नेपाली काँग्रेसको तर्फबाट २०७९को स्थानीय निर्वाचत मार्फत निर्वाचित भएपछि वडाध्यक्ष रोशनजंग शाहले एम्बुलेन्स बिहीन स्वास्थ्य केन्द्रमा नयाँ एम्बुलेन्स ल्याउने पहिलो प्रतिबद्धता जाहेर गरेका थिए ।

गाउँपालिका सामाजिक विकास समितिका संयोजकसमेत रहेका शाहले आँफुले गरेको बाचा अनुरुप प्रदेश सरकार संग सहयोग मागेर स्वास्थ्य केन्द्रमा नयाँ एम्बुलेन्स ल्याइ सेवा सुरु गरेको फरककोणलाई बताए ।

नयाँ एम्बुलेन्स आएपछि सुत्केरी हुने महिलालाई निशुल्क सेवा दिने निर्णय भएको वडाध्यक्ष शाहले बताए । त्यो बाहेक गाउँपालिका र वडाबासीलाई समस्या हुँदा कुनैपनि समय सर्वसुलभ रुपमा एम्बुलेन्स सेवा दिने उदेश्य रहेको उनले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा। सुगत अधिकारीले घटना दुर्घटनाका साथै भइ परि आउने आपतकालिन अवस्थामा गाउँ घरका बिरामी स्वास्थ्य केन्द्रसम्म ल्याउन अब थप सहज हुने आशा ब्यक्त गरे ।

यसअघि पनि २०६६ सालदेखि यो स्वास्थ्य केन्द्रले नियमित एमबुलेन्स सेवा प्रदान गर्दै आएको थियो ।

तर, पुरानो मोडेलको उक्त एम्बुलेन्स प्राबिधिक रुपमा संचालन गर्न नपाउने सरकारी नियम अनुसार लगतकट्टा गरेपछि स्वास्थ्य केन्द्र एम्बुलेन्स बिहीन बन्न पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो