दंगीशरणमा जारी दोस्रो अध्यक्षकपको आज दोस्रो दिनका बिभिन्न खेलहरु सम्पन्न ।
दंगीशरण फाल्गुन ४दंगीशरण गाउँपालिकाको आयोजनामा आयोजित दोस्रो अध्यक्षकप खेलकुद प्रतीयोगिता २०८० को आज दोस्रो दिन बिभिन्न खेलहरु सम्पन्न भएकाछन ।

आज दोस्रो दिन सम्पन्न पहिलो पुरुष फुटबल तर्फ वडा न ६ ले वडा न ७ लाइ पेनाल्टी सुट आउटमा ३/२ गोल अन्तरले बिजयभयो ,दोस्रो खेलमा वडा न ५ लाइ वडा न ४ ले 0 का बिरुद्ध ४ गोल अंतरले पराजित गर्दै वडा न ४ फाइनल प्रवेश गरेकोछ । यस्तै आजै सम्पन्न तेस्रो पुरुष फुटवल तर्फ वडा न ३ लाइ वडा न ६ ले २/१ गोल अन्तरले पछी पार्दै फाइनलको यात्रा तय गरेको हो ।

भलिबलतर्फ पहिलो खेलमा वडा न १ ले वडा न ५ लाइ हराउदै बिजयभयो भने दोस्रो पुरुष भलिवलमा वडा न ६ ले वडा न ३ लाइ हराउदै फाइनलको यात्रा तय गरेको हो । यस्तै महिला भलिबल तर्फ पहिलो खेलमा वडा न ५ ले वडा न ४ लाइ हराउदै बिजयभयो । दोस्रो महिला भलिवलमा वडा न ६ ले वडा न ३ लाइ हराउदै फाइनलको यात्रा तय गरेको हो ।
