April 19, 2026

जनप्रियले मनायो आफ्नो १८औं वार्षिक उत्सव

0

तुलसीपुर २,दाङमा अवस्थित पश्चिम क्षेत्रकाे एकमात्र अव्वल र अाफ्नाे बेग्लै पहिचान गराउन सफल जनप्रिय इङ्लिस स्कुलले अाफ्नाे स्थापनाकाे १८ अाै वार्षिकोत्सब मनाएकाे छ। “शिक्षा र संस्कारकाे एउटै धराेहर” भन्ने मुल नारा बाेकेकाे स्कुलकाे वार्षिकोत्सब समाराेह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका प्रसाद याेगीकाे अध्यक्षता र २ नं वडा कार्यालयका अध्यक्ष भीम बहादुर याेगीकाे प्रमुख अातित्थतामा कार्यक्रम सम्पन्न भएकाे थियाे। साे अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम अन्तर्गत गीत,नृत्य, नाटक, प्रहसन ,लगायतका प्रस्तुति राखेका थिए। कार्यक्रम बाेल्ने अतिथिहरुले शिक्षासँगै संस्कार पनि विद्यार्थीहरुका लागि अपरिहार्य भएको कुरा अाैल्याउनु भएकाे थियाे। त्यस्तै प्रमुख अतिथि याेगीले अाजकाे याे विज्ञान र प्रविधिकाे युगसम्ममा अाइपुग्दा संस्कार भन्ने कुरा हराउँदै गएकाले देशमा विभिन्न किसिमका विकृति र विसङ्गति बढ्दै गएकाे कुरा राख्नुभएकाे थियाे। जुन जनप्रियले अाफ्नाे नारामा उठाएकाे कुरा नारामा मात्रै सिमित नराखेर लागु गरेकाले अाउदा दिनमा पनि पढाइसँगै संस्कारलाई पनि जीवन्तता दिदै शैक्षिक मार्गलाई फराकिलाे पाराेस् भन्ने शुभावना ब्यक्त गर्नुभएकाे थियाे । विशिष्ट अतिथिकाेे रुपमा बाेल्दै विद्यालयका प्राचार्य प्रकाश कुमार शर्माले विद्यालयले हालसम्म गरेका चुनाैति,सफलता र प्रगतिकाे बारेमा प्रकाश पार्नुभएकाे थियाे। अभिभावक नै अाफ्नाे लागि भगवान् स्वरुप भएकाे अाैल्याउदै विद्यालय उत्थानकाे लागि विद्यालय ,अभिभावक र विद्यार्थी सबैकाे त्रिकाेणात्मक सम्बन्ध रहेकाले विद्यालयलाई सफल र सबल पार्नकाे लागि सबैकाे उत्तरदायित्व उत्तिकै रहेकाे कुरा राख्नुभएकाे थियाे। कार्यक्रमा सभाध्यक्ष अम्बिका प्रसाद याेगीले “अाजका बालबालिका नै भाेलिकाे भविष्य हुन्” भन्ने कुरा राख्दै बालबालिकाकाे पहिलाे विद्यालय घर भएकाले घरबाटै असल संस्कार र सत्कार सिकेमा विद्यालयमा सिकेकाे अतिरिक्त शिक्षाले हर क्षेत्रमा सफलता चुम्न सकिने कुरा व्यक्त गर्नुभएकाे थियाे,साथै जनप्रियमा विद्या अार्जन गरेका विद्यार्थी अाज अाएर निजामती ,इन्जिनियर ,चिकित्सक र प्राध्यापकजस्ता हर क्षेत्रमा सफलता पाएकाे दृष्टान्त दिदै जनप्रियकाे खुलेरै प्रशंसा गर्नुभएकाे थियाे।

साे अवसरमा अस्थाई प्रहरी चाैकी बालापुरका इन्चार्ज दिनेश डाँगी, विद्यालय अनुगमन तथा संरक्षण समितिकी अध्यक्ष कान्छी चाैधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे। विद्यालयका परीक्षा संयाेजक नवीन कुमार शर्माले कार्यक्रम सफल पार्न साथ र सहयाेग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियाे। विद्यालयका शिक्षक एवम्ा कार्यक्रम निर्देशक बासुदेव अाचार्यकाे स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमकाे सहजीकरण विद्यालयका शिक्षक द्वय कमल डाँगी र अङकित अाचार्यले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो