दंगीशरणमा जारी दोस्रो अध्यक्ष कप खेलकुद प्रतीयोगिता समापन
दंगीशरण फाल्गुन ६
दंगीशरण गाउँपालिकाको आयोजनामा जारी गाउँपालिका स्तरीय दोस्रो अध्यक्ष कप २०८० को आइतबार एक औपचारीक कार्यक्रमकाविच समापन गरीएको छ ।”स्वास्थ्यका लागी खेलकुद रास्ट्रका लागी खेलकुद भन्ने मुल उदेस्यका साथ गाउँपालिका स्तरीय दोस्रो अध्यक्षकप २०८० को आइतबार एक औपचारिक कार्यक्रमका विच समापन गरीएको हो ।

समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले खेलाडी देशका गहना भएकाले खेलाडी र खेल क्षेत्रको उचाइका लागी आफु सदैव तत्पर रहेको बताउनुभयो । खेलकुदले सारिरीक स्वास्थ्य र मानसिक स्वास्थ्यलाइ समेत स्वस्थ राख्ने भएकाले खेलकुद हुनु आफैमा सवल पक्ष रहेको बताउनुभयो ।खेलाडीहरुको प्रोत्साहन तथा उनिहरुको सर्वाङ्गिण बिकासका लागी आफु निर्वाचित भएर आयपस्चात अध्यक्षकपको थालनि गरीएको अध्यक्ष गिरीले बताउनुभयो ।

खेल जित्नका लागी मात्र नभइ अनुसासन र लगनशीलताको प्रतीक समेत रहेको बताउनुभयो ।अर्को एक प्रसङ्गमा अध्यक्ष गिरीले दंगीशरण गाउँपालिकाले अध्यक्षकपमा अपाङ्गता भएका ब्यक्तिहरुलाइ समेत समेट्ने पहिलो गाउँपालिका रहेको दावी गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले खेलकुदको माध्यमबाट सद्भाव तथा मित्रता बढ्ने भएकाले पनि खेलकुदलाइ अनुसासित तथा सभ्य तवरले लिन खेलाडीहरुलाइ सुझाव दिनुभयो ।
३ दिन सम्म जारी खेलकुद प्रतीयोगिताहरुमा पुरुष फुटवल तर्फ वडा न ६ प्रथम,वडा न ४ द्दितीय,र वडा न ५ तृतीय भएकाछ्न। पुरुष भलिवल तर्फ वडा न ५ प्रथम ,वडा न ६ द्दितीय र वडा न ३ तृतीय भएकाछन । महिला भलिवल तर्फ वडा न ६ प्रथम,वडा न ५ द्दितिय र वडा न ३ तृतिय भएकाहुन । वैसाखि दौड तर्फ रुपलाल चौधरी प्रथम,नोखिराम विक द्दितिय, शुकलाल बिक तृतीय र लक्ष्मण चौधरीले सान्त्वना स्थान हासिल गरेकाहुन । यस्तै कुर्सिदौड तर्फ दुर्गा वस्नेत प्रथम, नारायणि देवकोटा,द्दितिय, पेशलि वलि तृतीय र प्रदेशि चौधरीले सन्त्वाना स्थान हासिल गरेकिहुन ।

समापन समारोह गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षता, तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्का, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थितिमा भएकोथियो ।


समापन अवसरमा कार्यपालिका सदस्य टंकी भण्डारी,वडा न ५ का वडा अध्यक्ष निरज वस्नेत,वडा न ४ का वडा अध्यक्ष कमल थारु,वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरी,लगायतले आ आफ्नो भनाइराख्नु भएकोथियो ।
समापन समारोहको सहजीकरण गाउँपालिकाका प्रेश सल्लाहकार प्रमोद आचार्यले गरेकाथिय ।