विश्वकप लिग २ आजदेखि, पहिलो खेलमा नेपालले नामेबियासँग प्रतिस्पर्धा गर्दै
काठमाडौ
३ फागुन/ २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत आजदेखि काठमाडौँमा पहिलो सिरिज हुँदै छ ।
आइसिसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि ९२०१९( २०२३० मा पनि यही फर्म्याटमा प्रक्रिया सुरु गरेको थियो ।
लिग( २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामेबिया, क्यानडा, ओमान, स्कटल्यान्ड, युएई र अमेरिका रहेका छन् ।
आइसिसीका अनुसार लिग(२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।
क्रिकेट विश्वकप लि-२ को २०२३/२०२७ साइकलको सुरुवात नेपालबाट हुँदै छ । आजदेखि काठमाडौँमा नेपालसहित नामेबिया र नेदरल्याण्डसले त्रिकोणीय सिरिजको सुरुवात गर्दै छन् ।
आज पहिलो खेलमा नेपालको सामना नामेबियासँग टियु मैदानमा हुँदै छ । यो खेल नेपाली समय अनुसार बिहान ९स् १५ बजेदेखि हुँदै छ ।
नेपाल क्रिकेट सङ्घ ९क्यान० ले यस सिरिजका लागि घोषणा गरेको टिममा दुई परिवर्तन गर्दै आफ्नो टिम बुधवार सार्वजनिक गरेको छ ।
क्यानडाविरुद्धको एक दिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले लिग(२ खेल्ने टिममा समावेश गरेको हो । क्यानले रिजन ढकाल र अर्जुन साउदलाई बाहिर राखेर अनिल र देवलाई टिममा समावेश गरेको छ ।
लिग- २ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलशन झा पनि टिममा फर्किने छन् ।
लिग-२ को सिरिज खेल्ने नेपाली टिम- रोहित पौडेल ९कप्तान०, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ ।