April 19, 2026

दंगीशरण ४ ले गर्यो आफ्नो वडाभित्रका जेष्ठ नागरीकलाइ सम्मान

0

दंगीशरण फाल्गुन २

दंगीशरण गाउँपालिका वडा न ४ ले आफ्ना वडा भित्रका जेस्ठ नागरिकहरुलाइ सम्मान गरेको छ ।आर्थिक बर्ष २०८०/८१ को स्विकृत बार्षिक कार्यक्रम अनुसार वडा भित्रका ३६ जना जेस्ठ नागरीकलाइ ब्लान्केट तथा प्रमाणपत्र सहित सम्मान गरेको हो । 

सम्मान कार्यक्रममा बोदै गाउँपालिका अध्यक्ष शम्भु गिरीले जेष्ठ नागरीकको सम्मान सवैले सदैव गर्नु पर्ने बताउनुभयो ।भोलि आफुपनि त्यहि अवस्थामा जानुपर्ने कुराको आकलन गरी जेष्ठ नागरीकको हेरचाहमा कमि हुन नहुने बताउनुभयो ।

अर्को एक प्रसङ्गमा गाउँपालिका अध्यक्ष गिरीले आफु निर्वाचित भएर आएपछि जेस्ठ नागरीकलाइ प्रत्यक्ष समेटिने थुप्रै कार्यक्रम अगाडी बढाएको बताउनुभयो ।आफुहरु चुनावकाबेला प्रतीबद्दता गरेको सामाजिक सुरक्षा भत्ता बितरण वडा बाटै गराउने कुरा पनि पुरा गरेको बताउनुभयो ।

सम्मान कार्यक्रममा जेष्ठ नागरीक दंगीशरण ४ का अध्यक्ष रामचरण बुढाथोकी ५ का नारायण न्यौपाने,दंगीशरणका जेष्ठ नागरिकका अध्यक्ष टिका बहादुर डाङी,लगायतले आ आफ्नो भनाइ राख्नुभएकोथियो ।

सम्मान कार्यक्रम दंगीशरण ४ का वडा अध्यक्ष कमल थारुको अध्यक्षता,तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा भएकोथियो । कार्यपालिका सदस्य द्रोपती चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेश सयोजक प्रमोद आचार्यले गर्नुभएकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो