April 19, 2026

दंगीशरण गाउँपालिका स्तरीय दोस्रो अध्यक्षकप खेलकुद प्रतीयोगिता दंगीशरण गाउँपालिकामा शुरु ।

0

दंगीशरण फाल्गुन ३ दंगीशरण गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय दोस्रो अध्यक्ष कप २०८० को आज एक औपचारीक कार्यक्रमकाविच उद्घाटन गरीएको छ ।”स्वास्थ्यका लागी खेलकुद रास्ट्रका लागी खेलकुद भन्ने मुल उदेस्यका साथ गाउँपालिका स्तरीय दोस्रो अध्यक्षकप २०८० को औपचारिक उद्घाटन गरीएको हो ।

उद्घाटन समारोहमा बोल्दै जिल्ला समन्वय समिती दाङकि उपप्रमुख चेतना चौधरीले खेलाडी देशका गहना भएकाले खेलाडी र खेल क्षेत्रको उचाइका लागी राज्य गम्भीर हुनुपर्ने बताउनुभयो । खेलकुदले सारिरीक स्वास्थ्य र मानसिक स्वास्थ्यलाइ समेत स्वस्थ राख्ने भएकाले खेलकुद हुनु आफैमा सवल पक्ष रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले खेल जित्नका लागी मात्र नभइ अनुसासनको कडीका रुपमा लिन खेलाडीहरूलाइ आग्रह गर्नुभयो । खेलकुदको माध्यम बाट सद्भाव तथा मित्रता बढ्ने भएकाले पनि खेलकुदलाइ अनुसासित तथा सभ्य तवरले लिन खेलाडीहरुलाइ सुझाव दिनुभयो । 

आज सम्पन्न पुरुष फुटबल तर्फ पहिलो खेलमा वडा न ३ ले वडा न ४ लाइ ० का बिरुद्ध ६ गोल अन्तरले बिजयभयो ,दोस्रो खेलमा वडा न २ लाइ वडा न ४ ० का विरुद्ध २ गोल अंतरले बिजयभयो । पुरुष भलिबलतर्फ पहिलो खेलमा वडा न १ ले वडा न ७ लाइ सोझो सेटमा हराउदै बिजयभयो भने दोस्रो पुरुष भलिवलमा वडा न ३ ले वडा न ४ लाइ सोझो सेटमा हराउदै बिजयभयो । यस्तै महिला भलिबल तर्फ वडा न ६ ले वडा न ७ लाइ हराउदै बिजयभयो । आजै सम्पन्न बैसाखि दौडमा रुपलाल चौधरी प्रथम भएकाछन ।

उद्घाटन समारोह गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षता,जिला समन्वय समिती दाङकी उपप्रमुख चेतना चौधरीको प्रमुख आथितयता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको उपस्थितमा भएकोथियो ।आजदेखी ३ दिन सम्म हुने प्रतीयोगितामा पुरुष फुटबल,पुरुष भलिवल,महिला भलिवल,अपाङ्गता भएकाहरुका लागी बैसाखि दौड,र महिला कुर्सि दौड लगायतका खेलहरु संचालन हुनेछन । 

वडा न ६ का वडा अध्यक्ष सामाजिक विकास समितीका सयोजक रोशन जङ शाहको स्वागत मन्तव्य बाट शुरुभएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेश सल्लाहकार प्रमोद आचार्यले गर्नुभएकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो