नेकपा (एमाले) का महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटना
नेकपा (एमाले) का महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटनामा परेको छ।
महासचिव चढेको म १ च ३६९ नम्बरको गाडी शनिबार दिउँसो साढे तीन बजे दैलेखको डुंगेश्वर गाउँपालिका वडा नम्बर १ मा दुर्घटना भएको पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
चुप्रा बजार नजिकै गाडी सडक छेउमा पल्टिएको थियो। महासचिव पोखरेल सकुशल रहेकाे रिजालले जानकारी दिए। एमाले महासचिव पोखरेल पार्टी दैलेख जिल्ला कमिटीको आठौं अधिवेशन उद्घाटनका लागि जाँदै थिए।
गाडीमा पाँच जना सवार रहेको र दुर्घटनामा एमाले कर्णालीकी उपसचिव पद्मा खड्काको हात भाँच्चिएको केन्द्रीय सदस्य रिजालले जानकारी दिए।
दुर्घटनाबाट महासचिव पोखरेललाई सामान्य चोटपटक मात्रै लागेको एमाले कार्यालय सचिव भीष्म अधिकारीले बताएका छन्।
