April 18, 2026

रानिकेकको तेस्रो साखाको रुपमा तिलोत्तमाको मणिग्राममा साखा उद्घाटन

0

तिलोत्तमा, माघ २८ गते 

 विगत दुई वर्षदेखि तुलसीपुरबाट सेवा दिदै आएको रानी केकले आफ्नो शाखा सुन्दर र व्यवसायिक नगरी तिलोत्तमाको मणिग्राममा गरेको छ।  दाङ्गमा आफ्नो सेवा पस्कदै ग्राहकालाई सन्तुस्टी दिदै आएको रानीकेकको शाखा मणिग्राममा सञ्चालनमा ल्याईएको छ । २०७७ साल फागुन २६ गते तुलसीपरमा सञ्चालनमा आएको रानी केक बजार बढाउँदै घोराही पछि तेस्रो शाखाको रुपमा मणिग्राममा पनि खुलेको हो । 

रानीकेकको शुभारम्भ गर्दै नगर प्रमुख रामकृष्ण खाणले युवाहरुको संयुक्त लगानी रहेको यस्तो खाले उद्योगले युवाहरुमा लगानि र रोजगारीको बाताबरण सृजना गर्ने बताएका छन्। मणिग्राम देखि ५० मिटर पुर्व रहेको सो पसलको रिबन काट्दै उद्घाटन गरि जनस्वास्थ्य र सुलभतामा ख्याल गरि व्यवसाय गर्न समेत खाणले सुझाए। 

नेपालीहरुको बिशेष अवसर जस्तै जन्मदिन, विवाह, वैवाहिक वर्षगाँठ, वार्षिकोत्सवसँगै कुनै नयाँ कार्यको सुरुवात गर्दा केक काटेर खुसी साट्ने प्रचलन बढेसँगै केकको माग पनि बढ्दै गएको र ब्राण्ड बनिसकेको रानीकेक यसक्षेत्रमा शुरुवात गर्दै व्यवसायसंगै सामाजिक कार्य र रोजगारमा समेत प्रबर्द्धन गर्नुपर्छ भन्ने उदेश्यका साथ् यो शाखा सुचारु गरेको संचालक दिपक काफ्लेले बताए। व्यवसायको वृद्धिसँगै ग्राहकको मागअनुसार व्यवसायलाई बढाउने क्रममा यस क्षेत्रको प्रमुख व्यापारिक नगर तिलोत्तमाको मणिग्राममा शाखा कार्यालय सञ्चालन गरेको  काफ्लेको भनाई छ। करिब साढे २२ लाखको लगानीमा मणिग्राम शाखा सञ्चालनमा ल्याईएको रानीकेक दिपक काफ्ले संगै रोमणी खनालले शुर्रुवात गरेका हुन्। यस क्षेत्रमा रानीकेकको स्वाद चखाउन यो ब्यबसाय शुरु  गरेको उनको भनाई छ। 

शनिबार बिहान तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणद्वारा समुद्घाटन गरिएको रानीकेकको शुभारम्भको अवसरमा  वडा नम्बर-५ का अध्यक्ष रमेश डुम्रे, वडा नम्बर-६ का अध्यक्ष गणेश पाठक, वडा नम्बर-१३ का अध्यक्ष नारायण ढकाल, वडा नम्बर-१४ का अध्यक्ष आश्विन पौडेल, वडा नम्बर १७ का अध्यक्ष दान बहादुर चौधरी लगायत स्थानियहरुको उपस्थिति रहेको थियो। आगामी ३ दिनसम्म जन्मदिन पर्ने सबैलाई निःशुल्क केक प्रदान गरिने रानिकेकको मणिग्राम शाखामा ७ जनाले रोजगारी पाएका छन्।

ग्राहकको चाहनाअनुसार विभिन्न साइज र डिजाइनका शुद्ध स्वास्थ्यबर्द्धक केक उत्पादन गरि सुपथ मुल्यमा बिक्रीवितरण गर्ने लक्ष्यका साथ अघि बढिरहेको अर्का संचालक रोमणी खनालले बताए। बजारको माग र ग्राहकको चाहनाअनुसार यस क्षेत्र वरपर होम डेलिभरीसँगै १५ वर्षमुनिका अनाथ बालबालिका, रातो कार्डवाला अपाङ्गता भएका व्यक्तिहरू, ८० वर्षमाथिका ज्येष्ठ नागरिकसँगै नयाँ व्यवसाय सुरुवात गर्ने उद्यमीहरूलाई प्रोत्साहनका लागि निःशुल्क रूपमा केक उपलब्ध गराउने उनको भनाई छ। युवाहरु सम्भावना त्यागेर पछिल्लो समय बैदेशिक रोजगारी र अध्ययनका लागि जाँदा ठुलो धनराशी विदेश गएको कुरालाई मध्यनजर गर्दै युवा लगानी सम्भावना र रोजगारीलाई समेत टेवा दिने उदेश्यका साथ् रानीकेक अगाडी बढिरहेको संचालक दिपक काफ्लेले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो