April 18, 2026

कुनै पनि ब्यवसायको शुरुवात गर्नुपुर्व आफुले गर्नलागेको ब्यवसायको योजना बनाउन अपरीहार्य अध्यक्ष गिरी

0

दंगीशरण माघ २६ 

कुनै पनि ब्यवसायको शुरुवात गर्नुपुर्व आफुले गर्नलागेको ब्यवसायको योजना बनाउन अपरीहार्य रहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभएको छ ।युके.एडको आर्थिक सहयोग तथा प्रेक्टिकल एक्सनको आयोजनामा आयोजित ४ दिने उधमसिलता क्षमता विकास तथा ब्यबस्थापन तालिमको समापन अवसरमा गाउँपालिका अध्यक्ष गिरीले यस्तो बताउनुभएको हो ।समापन अवसरमा बोल्दै अध्यक्ष गिरीले कुनै पनि ब्यबसाय सानो बाट शुरु गरेर सफल भएका थुप्रै उदाहरण सुनाउदै एकै पटक ठुलो ब्यबसाय गर्दा असफल हुने र घाटा बेहोर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । यस्तै अध्यक्ष गिरीले आफुले गाउँपालिका बाट उधमसिलता शृजना गर्ने खालका कार्यक्रमलाइ प्रोत्साहन दिदै अगाडी लैजाने सोचमा रहेको जनाउदै अब दिइने सिपमुलक तथा उधमसिलता सम्बन्धि तालिमले साच्चिकै उपलब्धि दिइ उधमिको निर्माणहुने गरी कार्यक्रम अगाडी बढाइने बताउनुभयो ।

 कार्यक्रममै सहभागी प्रदेशि चौधरीले आफुले ४ दिने तालिम बाट उधम गर्दा हुने नाफा नोक्सानका बारेमा जानकारी लिनुका साथै योजना बिना गरीने ब्यबसाय बाट घाटा हुने जानकारी पाएको बताउनुभयो । कुनै पनि बस्तुको बजारको माग अनुसार उत्पादन गरेपछी मात्र नाफा गर्न सकिने लगायतका कुरामा आफुहरुले ज्ञान हासिल गरेको बताउनुभयो ।

तालिममा दंगीशरण गाउँपालिकाका वडा न ३,४,र ६ नम्बर वडाका करीव ३५ जना महिलाहरुको सभागितामा समापन गरीएको तालिमको प्रशिक्षकमा निर्मल सिग्देल

रहनु भएकोथियो ।तालिमको समापन गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएकोथियो । तालिम समापन कार्यक्रमको सहजीकरण समुन्नति परीयोजनाका सामाजिक परीचालक प्रेम वलिले गर्नुभएकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो