April 18, 2026

स्वाबलम्बन लघुबित्त धनौरीको बित्तीय साक्षरता तथा अन्तर्कृया सम्पन्न

0

दंगीशरण माघ २८ 

घर घरमा उधम फैलाउ गरीवीलाइ सुन्य बनाऔं ,स्वच्छ लघुबित्त हाम्रो अभियान भन्ने मुल उदेस्यका साथ स्वाबलम्बन लघुबित्त बित्तीय सस्था लि.साखा कार्यालय धनौरी दाङको आयोजनामा वित्तीय साक्षरता तथा अन्तर्कृया गोस्ठि शान्तिनगर ७ खैरेनिमा सम्पन्न भएको छ ।

 शान्तीनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आथित्यता,दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी र बवइ गाउँपालिका अध्यक्ष कुल बहादुर खत्रीको बिशिस्ट आथित्यतामा गोष्ठी सम्पन्न भएको हो । 

गोष्ठीमा दुर्घटना बापतको बिमा रकम,उत्कृष्ट कारोवार गर्ने समुह,तथा सबैभन्दा धेरै रकम बचत गर्ने सदस्य तथा समुहहरुलाइ सम्मान तथा पुरुष्कार प्रदान गरीएकोथियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सामाजिक उत्तरदायित्त्व सङ्गै सामाजिक कार्यक्रममा लघुबित्तहरुले विशेष भुमिका खेल्नुपर्ने बताएकाथिय ।

यस्तै बक्ताहरुले लघुबित्तले कर्जा बितरण गर्दा विशेष जानकारीलिदै उत्पादन र उत्पाकदत्व हुने ठाउँमा लगानि गर्न आग्रह गरेकाथिय । 

कार्यक्रममा स्वाबलम्बन लघुबित्तका क्षेत्रीय प्रवन्धक चन्द्र बहादुर थापा,शान्तीनगर गाउँपालिका वडा न ७ का वडा अध्यक्ष तारा बहादुर वलि,बबइ गाउँपालिका वडा न ७ का वडा अध्यक्ष तिलक भण्डारी दंगीशरण गाउँपालिका कार्यपालिका सदस्य चन्दा योगी लगायतको सहभागीता रहेकोथियो ।

कार्यक्रमको उदेस्यमाथि स्वाबलम्बन लघुबित्त बित्तीय सस्था साखा कार्यालय धनौरीका कार्यालय प्रमुख बिस्वनाथ भण्डारीले प्रकाश पारेकाथिय भने कार्यक्रमको सहजीकरण साखा कार्यालय धनौरीका लेखा प्रमुख उदयराम अधिकारीले गरेकाथिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो