दाङ–३ मा कांग्रेसको नाम सिफारिसप्रति नेता केशबराज आचार्यको असहमति
दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा, राष्ट्रिय सभा र समानुपातिकतर्फ नेपाली कांग्रेसले सार्वजनिक गरेको नाम सिफारिसप्रति पार्टी नेता केशबराज आचार्यले कडा आपत्ति जनाएका छन् ।
आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै सिफारिस प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले लेखेका छन्, “आज क्षेत्र नं. ३ दाङ्गले गरेको सिफारिस नाममा मेरो पूर्ण असहमति राख्दछु ।”
उनको प्रतिक्रिया सार्वजनिक भएपछि क्षेत्रभित्र कांग्रेस नेतृत्व र कार्यकर्ताबीच छलफल र टिप्पणीहरू शुरु भएका छन् । सिफारिसमा के कारण असहमति भएको हो भन्ने विषयमा आचार्यले विस्तृत विवरण नखुलाए पनि पार्टीभित्र आन्तरिक समन्वय र समीकरणबारे प्रश्न उठ्न थालेको देखिन्छ ।