अपाङ्गता दिवसको अवसरमा दंगीशरणका ३ जना अपांगता भएकाहरु सम्मानित ।
दगीशरण मङ्सिर १७
दाङको दंगीशरण गाउँपालिकाले “अपाङ्गता समावेशी समाजको प्रवर्दन,सामाजिक उन्नतिको सम्बर्द्धन भन्ने मुल नाराकासाथ अपाङ्गता भएका ब्यक्तीको ३४ औं अन्तर्राष्ट्रिय दिवस अन्तर्कृया सहित अपाङ्गता भएका ब्यक्तीलाइ नगद ,दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेकोछ ।दंगीशरण गाउँपालिकाको आयोजना,दगीशरण गाउँपालिका स्तरीय अपाङ संजाल,महिला सामुदायिक सेवाकेन्द्र घोराहि र फियर मेडको समन्वयमा ३४ औं अन्तरास्ट्रिय अपाङ्गता दिवस बिबिध कार्यक्रमरी मनाइएको हो ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफु निर्वाचित भएर आइसकेपछि अपाङ्गताको क्षेत्रमा थुप्रै कार्यक्रम अगाडी बढाएको बताउनुभयो ।गाउँपालिकाले आर्थिक बर्ष २०८२/८३ मा अपाङ्ग लक्षित कार्यक्रम अन्तर्गत १५ लाख बजेट बिनियोजन गरेको बताउनुभयो ।अपाङ्गता भएका ब्यक्तीको आय आर्जनमा सहयोग पुर्याउन अपाङ्ग लक्षित कार्यक्रमहरुलाई विशेष प्राथमिकताकासाथ अगाडी बढाइएको बताउनुभयो ।
अन्तर्कृया तथा सम्मान कार्यक्रम गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीको बिशिस्ट आथित्यतामा भएकोथियो ।
दिवसको अवसरमा गाउँपालिकामा अपाङ्गताको क्षेत्रमा भुमिका खेल्ने ३ जना अपाङ्गता भएका ब्यक्तीहरुलाइ नगद ,सम्मानपत्र र दोसल्लासहित सम्मान गरीएको हो ।
सम्मानित हुनेहरुमा अपाङ्गता संजाल दंगीशरणका अध्यक्ष रोशन गिरी, वडा न ४ का बाबुराम चौधरी,वडा न ३ का लक्ष्मण चौधरी रहनुभएकोछ ।