April 21, 2026

दंगिशरण–३ मा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस अवसरमा ह्विलचेयर वितरण

0

दंगिशरण–३ मा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस अवसरमा ह्विलचेयर वितरण
दाङ । ३४औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा नेपाल थारु संघ क्षेत्र नं. ३ को आयोजनामा दंगिशरण गाउँपालिका–३, राउत गाउँका तिलक चौधरीलाई ह्विलचेयर प्रदान गरिएको छ।

नेपाल औषधि आयातकर्ता संघका केन्द्रीय अध्यक्ष पवन आचार्यले सौजन्य दिएको ह्विलचेयर तुलसीपुर नगर सभापति सुरेश हमालको समन्वयमार्फत प्राप्त भएको हो।

कार्यक्रमका प्रमुख अतिथि दंगिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरि रहेका थिए भने विशिष्ट अतिथि उपाध्यक्ष पिमा वली, तथा नेपाल थारु संघका केन्द्रीय सदस्य गणेश चौधरी लगायत महाधिवेशन प्रतिनिधि शुकलाल चौधरी, सन्तोष चौधरी, उपाध्यक्ष मोहन चौधरी, गा.पा. अध्यक्ष छिपेन्द्र चौधरी, कमल चौधरी तथा क्षेत्रीय, पालिका र वडा तहका पदाधिकारीहरूको उपस्थिति उल्लेखनीय थियो।

नेपाल थारु संघ क्षेत्र नं. ३ ले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत उक्त ह्विलचेयर वितरण गरेको जनाएको छ। कार्यक्रमको अध्यक्षता नेपाल थारु संघका अध्यक्ष यादव चौधरीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो