दंगीशरण–३ मा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा ह्विलचेयर वितरण
दाङ। ३४औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा नेपाल थारु संघ क्षेत्र नं. ३ को आयोजनामा दंगीशरण गाउँपालिका–३, राउत गाउँका तिलक चौधरीलाई ह्विलचेयर प्रदान गरिएको छ।
नेपाल औषधि आयातकर्ता संघका केन्द्रीय अध्यक्ष पवन आचार्यले सौजन्य उपलब्ध गराएको ह्विलचेयर तुलसीपुर नगर सभापति सुरेश हमालको समन्वयमा हस्तान्तरण गरिएको हो।
कार्यक्रममा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी प्रमुख अतिथि रहनुभएको थियो। उपाध्यक्ष पिमा वली, नेपाल थारु संघका केन्द्रीय सदस्य गणेश चौधरी, महाधिवेशन प्रतिनिधि शुकलाल चौधरी, सन्तोष चौधरी, उपाध्यक्ष मोहन चौधरी, गाउँपालिका अध्यक्ष छिपेन्द्र चौधरी, कमल चौधरी लगायत क्षेत्रीय, पालिका तथा वडा तहका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाल थारु संघ क्षेत्र नं. ३ का अनुसार, वार्षिक कार्ययोजना अन्तर्गत सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत ह्विलचेयर वितरण गरिएको हो। कार्यक्रमको अध्यक्षता नेपाल थारु संघ क्षेत्र नं. ३ का अध्यक्ष यादव चौधरीले गर्नुभएको थियो।
समुदायमै आयोजित यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र सहजीकरणमा थारु समुदाय र स्थानीय निकायको सक्रिय योगदान देखाएको जनाएको छ।

