April 18, 2026

अपाङ्गता दिवसको अवसरमा दंगीशरणका ३ जना अपाङ्गता भएका व्यक्तिहरू सम्मानित

0

दंगीशरण, मंसिर १७
दाङको दंगीशरण गाउँपालिकामा “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन, सामाजिक उन्नतिको सम्बर्द्धन” भन्ने मूल नाराका साथ ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित मनाइएको छ। दिवसको अवसरमा दंगीशरण गाउँपालिकाले अपाङ्गता भएका तीन जना व्यक्तिलाई नगद, दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेको छ।

गाउँपालिकाको आयोजना तथा दंगीशरण गाउँपालिका स्तरीय अपाङ्ग सञ्जाल, महिला सामुदायिक सेवा केन्द्र घोराही र फियर मेडको समन्वयमा आयोजित कार्यक्रममा अन्तर्क्रिया सत्रदेखि सम्मान कार्यक्रमसम्म समावेश गरिएको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफू निर्वाचित भएको समयदेखि नै अपाङ्गता क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै आएको बताउनुभयो।
उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अपाङ्ग लक्षित कार्यक्रमअन्तर्गत १५ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरूको आय–आर्जन र आत्मनिर्भरता वृद्धि गर्नका लागि आगामी दिनमा समेत प्रभावकारी कार्यक्रम अघि बढाइने उहाँले बताउनुभयो।

अन्तर्क्रिया तथा सम्मान कार्यक्रम गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो।

दिवसको अवसरमा गाउँपालिकामा अपाङ्गता क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने तीन जनालाई सम्मान गरिएको हो। सम्मानित हुनेमा—

रोशन गिरी, अध्यक्ष, अपाङ्गता सञ्जाल दंगीशरण
बाबुराम चौधरी, वडा नं. ४
लक्ष्मण चौधरी, वडा नं. ३
गाउँपालिकाले गरेको यो सम्मानले स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहिचान र सहभागितालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो