April 18, 2026

चुट्का–भजन संरक्षण प्रतिष्ठानको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

0

यसैबीच, राष्ट्रिय लोक भजन चुट्का सांस्कृतिक संरक्षण प्रतिष्ठान नेपाल, जिल्ला समिति दाङको आयोजनामा तेस्रो वार्षिक साधारणसभा दंगीशरण–४ स्थित लानेश्वर शिव मन्दिरमा सम्पन्न भएको छ।

कार्यक्रम अध्यक्ष लिलाधर बस्नेतको अध्यक्षता,
दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा
प्रतिष्ठानका केन्द्रीय उपमहासचिव नारायण भुषालको विशिष्ट आतिथ्यतामा सम्पन्न भयो।

साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि गिरीले वैदिक सनातन धर्म तथा मौलिक संस्कृतिको संरक्षण र संवर्धनमा प्रतिष्ठानले पुर्‍याउँदै आएको भूमिकाको प्रशंसा गरे। उनले भाषा, संस्कृति र सनातन मूल्यको रक्षा आजको आवश्यकताको रूपमा पनि उल्लेख गरे।

कार्यक्रममा स्थानीय सरोकारवाला, सांस्कृतिक अभियन्ता तथा समाजसेवीहरूको सक्रिय उपस्थिति रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो