दंगीशरणमा युवा संसद अभ्यास र सांस्कृतिक साधारणसभा सम्पन्न
दंगीशरण, मङ्सिर १३।
मेट्रो कलेज कानुन संकायको आयोजनामा तथा द नेशनल युथ वेल्फेयर नेपालको प्राविधिक सहयोग र दंगीशरण गाउँपालिकाको समन्वयमा संचालित २ दिने प्रथम नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ।
२ दिनसम्म चलेको तालिमको समापन समारोह मेट्रो कलेजका प्राचार्य वसन्त आचार्यको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
दंगीशरणका ५ सामुदायिक विद्यालयका ७० भन्दा बढी विद्यार्थी सहभागी रहेको तालिममा मेट्रो कलेजमा कानुन संकायमा अध्ययनरत विद्यार्थीहरूले प्रशिक्षण दिएका थिए। सहभागी विद्यार्थीहरूलाई व्यवहारिक रूपमा नमुना संसद संचालनको विधि र भूमिकाबारे अभ्यास गराइएको थियो।
