हराएका शुभम शर्मा फेला, परिवारद्वारा खोजतलासमा संलग्न सबैप्रति धन्यवाद
दंगीशरण गाउँपालिका–४का शुभम शर्मा, जो पाँच दिनदेखि बेपत्ता थिए, शनिवार बिहान फेला परेका छन्। दंगीशरण–१, बाकिमा वडा अध्यक्ष रमेश भण्डारीले शुभमलाई सुरक्षित अवस्थामा भेटी आफ्नो संरक्षणमा राखेको जानकारी दिएका छन्।
बेपत्ता रहेको पाँच दिन शुभमको खोजी कार्यमा स्थानीय युवादेखि जनप्रतिनिधि, सुरक्षाकर्मी तथा विभिन्न सामाजिक समूह सक्रिय रूपमा जुटेका थिए।
शुभमका परिवारजनले
“शुभमको खोजतलासमा रातदिन साथ दिने सबै व्यक्तिहरू— स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वयंसेवक तथा सुरक्षाकर्मीहरू — प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त” गरेका छन्।
