पूर्वसभामुख कृष्णबहादुर महरा थुनामा — ‘भेप’ सुन तस्करी प्रकरणमा अदालतको आदेश
काठमाडौं, २९ असोज २०८२, बुधवार। पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।
न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार थुनछेक बहसपछि महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
२०७९ पुस १० गते चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रोनिक चुरोट (भेप)मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा महरा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले अनुसन्धान गरेको थियो।
सरकारी वकिलले महराविरुद्ध सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गत मुद्दा दायर गर्दै ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो मागदाबी गरेका थिए।
महराले भने ‘भेप सुन प्रकरण’मा आफ्नो लगानी वा संलग्नता नरहेको दाबी गर्दै निर्दोष भएको प्रतिक्रिया दिएका छन्।
