April 18, 2026

दंगीशरणमा विपद् जोखिम न्यूनीकरण तथा संचार रणनीतीको मस्यौदामाथि छलफल तथा सुझाव संकलन

0

दंगीशरण, असोज २९
दंगीशरण गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सञ्चार रणनीति २०८२ को मस्यौदामाथि छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ।

दंगीशरण गाउँपालिकाको आयोजनामा र ओरेक नेपाल (OREC Nepal) को सहकार्यमा गाउँपालिका सभाहलमा आयोजित उक्त कार्यक्रममा मस्यौदामाथि विस्तृत छलफल गरी पाँच वर्षे कार्ययोजना समेत निर्माण गरिएको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सञ्चार रणनीतिले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले गाउँपालिकाभित्र विपद् व्यवस्थापनका लागि आवश्यक सबै संरचनाहरू तयारी अवस्थामा रहेको समेत जानकारी दिनुभयो।

त्यसैगरी वडा नं ४ का वडा अध्यक्ष कमल थारुले मस्यौदा कागजमा सीमित नराखी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न निकायका प्रतिनिधि र सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो