April 18, 2026

दंगीशरण गाउँपालिकामा भदौ ९ गते स्थानीय बिदा

0

दंगीशरण, भदौ ६। थारु समुदायको बाहुल्यता रहेको दंगीशरण गाउँपालिकाले थारु जातिप्रति सम्मानस्वरूप भदौ ९ गते (सोमबार) स्थानीय बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले एक सूचना जारी गर्दै प्रदेश सरकारले आइतबार (भदौ ८ गते) बरका अट्वारीको अवसरमा सार्वजनिक बिदा दिएको र त्यसको भोलिपल्ट सोमबार गाउँपालिकामा स्थानीय बिदा दिइने जानकारी गराएको हो।

गाउँपालिका अध्यक्ष शम्भु गिरीका अनुसार, “थारु समुदायको महान् पर्व अट्वारीको सम्मानस्वरूप गाउँपालिकाभित्रका सम्पूर्ण कार्यालय तथा विद्यालयहरूमा सोमबार स्थानीय बिदा लागू हुनेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो