दंगीशरण गाउँपालिकाका महिलाहरू प्रविधि र डिजिटल युगसँगै रूपान्तरण हुँदै ।
दंगीशरण भाद्र ३
प्रविधिको तीव्र विकास र डिजिटल प्रणालीको विस्तारसँगै दंगीशरण गाउँपालिकाका महिलाहरू पनि प्रविधिमैत्री बन्दै गएका छन्। मोबाइल बैंकिङ, अनलाइन बिल भुक्तानी, डिजिटल सेवा प्रणाली जस्ता प्रविधिहरूको प्रयोग गर्दै महिलाहरू आफूलाई आधुनिक युगसँग तालमेल मिलाउँदै सशक्त रूपमा अगाडि बढिरहेका छन्।
मङ्गलवार समुन्नति परीयोजना र दंगीशरण गाउँपालिकाको साझेदारीमा संचालित डिजिटल साक्षरता कक्षा वडा न १ का ४ वटा कक्षा र वडा न २ मा २ वटा कक्षाहरु संचालनमा आउने भएकाहुन ।
मङ्गलवार एक कार्यक्रमकाविच दंगीशरण गाउँपालिका वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा डिजिटल साक्षरता कक्षाको उद्घाटन गरिएको हो ।
बिजुली, खानेपानी, र मोबाइल सेवाका बिलहरू अनलाइनमार्फत तिर्ने, बैंकिङ कारोबार मोबाइल एपको सहायताबाट गर्ने, सरकारी सेवा तथा सूचना डिजिटल माध्यमबाट प्राप्त गर्ने कार्यमा अब महिलाहरू सक्रिय सहभागी हुन थालेका छन्।
यस परिवर्तनको पछाडि दंगीशरण गाउँपालिकाको सक्रियता रहेको छ। गाउँपालिका अध्यक्ष शम्भु गिरि, उपाध्यक्ष पिमा खड्का ओली, र प्रमुख प्रशासकीय अधिकृत श्री कर्ण बहादुर नेपालीको नेतृत्वमा डिजिटल साक्षरताको अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको छ। महिलाहरूलाई प्रविधिमा दक्ष बनाउन संचालन गर्न लागियको तालीममा प्रशिक्षकको रूपमा सरिता चौधरी र जानकी वलि रहनुभएकोछ ।
डिजिटल साक्षरता कक्षा उद्घाटनगर्दै पालिकाका अध्यक्ष शम्भु गिरिले आफुहरु डिजिटल नेपाल निर्माणको अभियानमा स्थानीय तहबाटै उदाहरणीय कामगर्न खोजेकाले महिलाहरूको प्रविधिमैत्री रूपान्तरण आफुहरुको सफलता प्रती खुसी ब्यक्तगर्नुभयो ।दंगीशरणका ७ वटै वडाका महिलाहरुमा डिजिटल साक्षरता कक्षाले महत्त्वपूर्ण भुमिका खेलेको उहाको भनाइछ ।
यसरी दंगीशरण गाउँपालिकाका महिलाहरू प्रविधि अनुरूप रूपान्तरण हुँदै जानु निश्चय नै सामाजिक रूपान्तरणको एउटा महत्वपूर्ण पाटो बनेकोछ ।
