April 21, 2026

दंगीशरण १ मा तीज–अट्वारी विशेष कार्यक्रम सम्पन्न

0

दंगीशरण, २ भाद्र – दंगीशरण गाउँपालिका–१ बाकिको शिवपुरी पर्यटकीय क्षेत्रमा वडा नं १ को आयोजना, दंगीशरण गाउँपालिका र समृद्ध समाजको सहयोग तथा पतञ्जली योग साधना केन्द्रको सहजीकरणमा हरीतालिका तीज र अट्वारीको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम वडा अध्यक्ष रमेश भण्डारीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्य र उपाध्यक्ष पिमा वलि खड्काको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।

उक्त अवसरमा प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली, वडा नं ३ का अध्यक्ष शुकलाल चौधरी, कार्यपालिका सदस्य शितरा नेपाली, समृद्ध समाजकी दिलकुमारी विक, पतञ्जली योग समिति दंगीशरणका प्रभारी दिपक बिष्ट, नेपाल थारु संघ क्षेत्र नं ३ का उपाध्यक्ष मोहन चौधरीलगायतले आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गिरीले सबै जातजाति र वर्गलाई समेट्ने गरी कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले निर्वाचित भएपछि महिला दिदीबहिनीहरूको सहभागिता र उत्साहलाई सम्बोधन गर्न निरन्तर तीज विशेष कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे।

यस्तै, उपाध्यक्ष खड्काले तीजलाई मौलिक संस्कृतिमा सीमित राख्न र भड्किलो नबनाउन आग्रह गर्दै महिलाहरूले यस पर्वलाई सुख–दुःख साट्ने र आपसी एकता सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।

कार्यक्रम वडा सदस्य हुमा गिरीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने संचालन प्रमोड आचार्यले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो