April 21, 2026

काठमाण्डौं, २९ साउन । सरकारले यस वर्ष धानको न्यूनतम समर्थन मूल्य वृद्धि गरेको छ । मन्त्रिपरिषद्को हालै सम्पन्न बैठकले चालू आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्दै गत वर्षको तुलनामा प्रतिक्विन्टल मूल्य बढाएको हो।

निर्णय अनुसार, मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा तय गरिएको छ, जुन गत वर्षको ३ हजार ४ सय १० रुपैयाँभन्दा बढी हो। यस्तै, मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा तोकिएको छ, जुन गत वर्षको ३ हजार ५ सय ८० रुपैयाँभन्दा वृद्धि हो।

केही वर्षअघि धान भित्र्याउने समय नजिकिँदा पनि मूल्य तोक्ने प्रक्रिया ढिलो हुने र किसान ठगिने अवस्था देखिँदै आएको थियो। तर, पछिल्ला वर्षहरूमा सरकारले समयमै मूल्य तोक्ने व्यवस्था गर्दै आएको छ, जसले किसानलाई बजारमा न्यूनतम मूल्य सुनिश्चित गर्ने भरोसा दिलाएको छ।

यस वर्षको मूल्य वृद्धिले किसानलाई राहत मिल्ने र उत्पादनमा उत्साह थपिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो