April 18, 2026

दाङमा नेपाल थारु संघको अटवारी मिलन कार्यक्रम सम्पन्न

0

दाङ — नेपाल थारु संघ क्षेत्र नं. ३, दाङले आयोजना गरेको थारु समुदायको महान पर्व अटवारीको शुभकामना आदान–प्रदान तथा अटवारी मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाली कांग्रेस दाङ जिल्ला सभापति शङ्कर प्रसाद डाँगीले गर्नुभयो। कार्यक्रममा वर्तमान लुम्बिनी प्रदेशका माननीय शङ्कर गिरि, महाधिवेशन प्रतिनिधि केशव आचार्य, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, उपाध्यक्ष प्रेमा केसी बुढाथोकीलगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरुले अटवारी पर्वले थारु समुदायको सांस्कृतिक एकता, सामाजिक मेलमिलाप र परम्परागत पहिचानलाई मजबुत बनाउने उल्लेख गर्दै यसलाई भावी पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो