April 18, 2026

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा पुनः रन्जिता श्रेष्ठ कायम

0

काठमाडौं — नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा पुनः रन्जिता श्रेष्ठ नै रहने भएका छन्। निर्वाचन आयोगले लालवीर चौधरी नेतृत्वको समूहले गरेको राष्ट्रिय भेला वैधानिक नभएको ठहर गर्दै चौधरीको दाबी अस्वीकृत गरेको हो।

यसअघि चौधरी समूहले राष्ट्रिय भेला मार्फत श्रेष्ठलाई हटाएर आफूलाई अध्यक्ष घोषणा गर्दै अद्यावधिकका लागि आयोगमा निवेदन दिएको थियो। तर आयोगले दलसम्बन्धी ऐन, नाउपाको विधान, दुवै पक्षको लिखित जवाफ र कानुनी आधारको समीक्षा गर्दै श्रेष्ठ नै वैधानिक अध्यक्ष भएको निष्कर्ष निकालेको हो।

निर्णयअघि आयोगले लालवीर र रन्जितालाई अलग-अलग पत्र काटी स्पष्टिकरण मागेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो