दंगीशरण गाउँपालिकामा वार्षिक समीक्षा तथा तह वृद्धि भएका कर्मचारीलाई बधाई
दंगीशरण, साउन २६
दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा सम्पन्न गरेको छ। आइतबार र सोमबार दुई दिनसम्म गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न शाखा तथा वडाहरूले विगत एक वर्षमा सम्पन्न गरेका कार्यक्रम र कार्यसम्पादनको विवरण प्रस्तुत गरे। वार्षिक समीक्षा कार्यक्रमको समापन गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा शाखा प्रमुख, वडा अध्यक्ष, कर्मचारी र जनप्रतिनिधिहरूको उपस्थिति थियो।
यसैबीच, गाउँपालिकाले लुम्बिनी प्रदेशको स्थानीय निजामती सेवा ऐन, २०८१ बमोजिम तह वृद्धि भएका कर्मचारीलाई बधाई तथा शुभकामना दिने कार्यक्रम पनि सम्पन्न गरेको छ। पाँचौँ तहबाट छैटौँ तहमा पदोन्नति हुने कर्मचारीहरूमा राजस्व शाखा प्रमुख जीवन डी.सी., आन्तरिक लेखा परीक्षक समीर गौतम, सब–इञ्जिनियर भूम बोहरा, शिक्षा शाखा सहायक उमा के.सी., वडा नं. १ का वडा सचिव मनबहादुर खड्का, वडा नं. २ का वडा सचिव चुडामणि देवकोटा र वडा नं. ६ की वडा सचिव कुमारी खड्का रहेका छन्।
चौथो तहबाट पाँचौँ तहमा पदोन्नति हुनेमा प्राविधिक कालुराम चौधरी, प्राविधिक थम्मन वलि, प्राविधिक अनुप चौधरी, प्राविधिक ज्ञानेन्द्र पराजुली र प्राविधिक तेजेन्द्र खत्री रहेका छन्।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले पदोन्नति प्राप्त गरेका सबै कर्मचारीलाई बधाई दिँदै जागिरे जीवनमा उत्कृष्ट कार्यसम्पादन गरेर गाउँपालिकाको सेवा–गुणस्तरमा योगदान पुर्याउन आग्रह गर्नुभयो।
