May 1, 2026

उषाकिरण भण्डारीको एमाले परराष्ट्र विभाग सदस्यबाट राजीनामा

0

काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी जेठी छोरी र मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले एमालेको परराष्ट्र मामिला विभाग सदस्यबाट राजीनामा दिएकी छन्।

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने एमालेको निर्णयपछि असन्तुष्ट रहँदै आएकी उषाकिरणले तीन दिनअघि नै राजीनामा दिएकी हुन्। यद्यपि, यसबारे सार्वजनिक रुपमा केही बताएकी छैनन्। एमालेले परराष्ट्र मामिला विभागको प्रमुखको जिम्मेवारी अहिले सचिव रघुवीर महासेठलाई दिएको छ।

गत साउन ८ गते, एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन रोक लगाउने निर्णय गरेपछि उषाकिरणले सामाजिक सञ्जालमार्फत असन्तुष्टि प्रकट गरेकी थिइन्। उनले उक्त निर्णयलाई अचम्मको नमान्दै, “यो प्रकरण खुलेर बाहिर आएकोमा खुशी लागेको” टिप्पणी गरेकी थिइन्।

सामाजिक सञ्जालमा उनले लेखेकी थिइन्— “हामीलाई आमाले राजनीति नगरे पनि सधैं पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु भन्नुहुन्थ्यो। तर अब नैतिक समर्थन गर्न नसकिने तहसम्म पुगिएको रहेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो