दंंगीशरणमा राहत शिक्षकको धर्ना
दंगीशरण, २५ साउन ।
राहत शिक्षकहरु दाङको दंगीशरण गाउँपालिकामा धर्नामा बसेका छन् । सरकारले विभिन्न समयमा गरेका सम्झौताहरू कार्यान्वयन नगरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । शिक्षक महासंघले २० चैतदेखि २९ दिन काठमाडौंमा गरेको सडक आन्दोलनका क्रममा राखिएका मागहरू पूरा नभएकोले धर्नामा बसेको नेपाल राहत
शिक्षक संघर्स समितीका अध्यक्ष सुवाष वलिले
जानकारीदिए ।
उनका अनुसार दाङसहित देशभरका ७५३ वटै स्थानीय तहमा एकैपटक धर्ना कार्यक्रम भइरहेको छ । राहत शिक्षकको स्थायी व्यवस्थापन गर्न शिक्षा समिति तयार नदेखिएकोले आन्दोलन गरिरहेको उनले बताए । धर्नाले पालिकाको दैनिक काममाभने कुनै अवरोध गरेको छैन । कार्यक्रम साँझ ५ बजेसम्म चल्नेछ । साँझ ५ बजे केन्द्रीय समिति बैठक बस्नेछ । त्यसपछि बाँकी बिरोधका कार्यक्रम तय हुनेछन् ।