May 1, 2026

तुलसीपुरमा भोलिदेखि शनिबार पनि बजार खुल्ने

0

तुलसीपुर, साउन २३
तुलसीपुर क्षेत्रका बजारहरू अब शनिबार पनि खुला रहने भएका छन्।तुलसीपुर उद्योग वाणिज्य संघको बुधबार बसेको बैठकले जनैपूर्णिमाको अवसर पारेर साउन २४ गते (भोलि)देखि बजार पूर्णरूपमा खुला राख्ने निर्णय गरेको हो।

संघका महासचिव केशवराज केसीले नजिकिँदै गरेका चाडपर्वहरूलाई मध्यनजर गर्दै छठ पर्वसम्म बजार बन्द नगर्ने निर्णय गरिएको जानकारी दिनुभयो।

यसअघि हरेक हप्ता शनिबार तुलसीपुर क्षेत्रका अधिकांश पसलहरू बन्द रहने गरे पनि, अहिलेको चाडपर्वको सिजनलाई दृष्टिगत गर्दै यो निर्णय गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो