April 18, 2026

दंगीशरणमा सात अतिविपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

0

दंगीशरण, साउन २३
दंगीशरण गाउँपालिका–स्थित सामुदायिक सिकाइ केन्द्र हेकुलिले विद्यालयको पहुँचभन्दा बाहिर रहेका सात जना अतिविपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ।

कार्यक्रम दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता, सामुदायिक सिकाइ केन्द्र अध्यक्ष धमकली चौधरीको अध्यक्षता तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विनोद अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।

नेपाल सरकारको ‘कुनै पनि बालबालिका विद्यालय बाहिर नरहोस्’ भन्ने नीतिअनुसार केन्द्रले बालबालिकाको पहिचान गरी पोशाक (सर्ट–प्यान्ट), कापी, कलमलगायत आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।

अध्यक्ष गिरीका अनुसार “कक्षा ८ सम्मको निःशुल्क र अनिवार्य आधारभूत शिक्षा सुनिश्चित गर्नु स्थानिय सरकारको जिम्मेवारी हो, त्यसैअनुसार विद्यालयको पहुँचबाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउने प्रयास भइरहेको छ।”

कार्यक्रममा शिक्षा शाखा प्रमुख अधिकारीले सामुदायिक सिकाइ केन्द्रमार्फत अनौपचारिक शिक्षा, डाटा संकलन र आवश्यक समन्वयमार्फत बालबालिकालाई शिक्षाको मूल धारमा ल्याउन भूमिका खेलिरहेको जानकारी दिए।

सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष धमकली चौधरीले दंगीशरणमा रहेका ७ वटै वडामा दुईवटा केन्द्रमार्फत विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन भइरहेका बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो