April 19, 2026

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब १० वर्षका लागि मान्य

0

काठमाडौं, साउन १६
अबदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षका लागि मान्य हुने भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न तयार पारेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५४, उपदफा ३ संशोधन भएको हो।

यसअघि, लाइसेन्सको बहाल अवधि ५ वर्ष मात्र थियो। नवीकरण गरेपछि पनि अर्काे ५ वर्षका लागि मात्र मान्य हुने व्यवस्था थियो। तर अब संशोधनसहित एकपटक नवीकरण गरेपछि लाइसेन्स १० वर्षसम्म प्रयोग गर्न मिल्नेछ।

यसका साथै, सवारी जाँचपास तथा प्रदूषण परीक्षण कार्यमा निजी क्षेत्रलाई पनि संलग्न गर्न सकिने नयाँ व्यवस्था ऐनमा समावेश गरिएको छ।
सरकारको भनाइ अनुसार यसले सेवाप्रवाहमा दक्षता र पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो