गडवा र राप्ती गाउँपालिकामा नागपञ्चमीकाे अवसरमा सार्वजनिक विदा
दाङ, साउन १२
भोली साउन १३ गते (नागपञ्चमी) को अवसरमा दाङ जिल्लाका गडवा गाउँपालिका र राप्ती गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका छन्।
गाउँपालिकाहरूले छुट्टाछुट्टै सूचना जारी गर्दै धार्मिक तथा सांस्कृतिक महत्वको पर्व नागपञ्चमीका दिन सार्वजनिक विदा दिने जनाएका हुन्।
नागपञ्चमीका दिन घर, गोठ, धुरी तथा द्वारामा नागको पूजाआजा गरिने परम्परा छ।
यस अवसरमा स्थान–स्थानमा पूजाआजा, नागदेवताको चित्र टाँस्ने, दुध, दुबो, अक्षता चढाउने लगायतका गतिविधिहरू गरिने चलन छ।
गाउँपालिकाहरूले नागरिकहरूमा पर्वको अवसरमा सामाजिक सद्भाव र सांस्कृतिक एकता प्रवर्द्धन होस् भन्ने शुभेच्छा पनि व्यक्त गरेका छन्।
