धेरै प्रतीक्षापछि दंगिशरणमा वर्षा, किसानहरूमा खुसी
साउन, दंगीशरण-८
धेरै दिनको प्रतीक्षापछि दंगीशरणमा वर्षा भएको छ। लामो समयदेखि वर्षा नहुनु र अत्यधिक गर्मीका कारण प्रभावित भएका स्थानीयवासी तथा किसानहरू वर्षाले केही राहत पाएका छन्।
वर्षाले विशेषगरी मुस्किलले रोपिएको धानबालीलाई राहत दिएको छ। समयमै सिंचाइ नपाउँदा धानको बोट सुकेर जाने अवस्थामा पुगेका बेला परेको वर्षाले किसानहरूको चिन्ता कम भएको छ।
स्थानीय किसानहरूका अनुसार, “हामीले धेरै मिहिनेत गरेर धान रोपेका थियौं, तर पानी नपर्दा कामै खेर जाने अवस्था थियो। अहिलेको पानीले आशा पलाएको छ।”
गर्मीका कारण दैनिक जीवन प्रभावित भएको जनाउँदै स्थानीयहरूले वर्षापछि मौसम केही सहज भएको अनुभव गरिरहेका छन्।
