प्रधानमन्त्री ओलीको घोषणा : मिर्गौला रोगीलाई ८ लाख ५० हजारसम्म उपचार सहयोग
काठमाडौं , साउन ६
प्रधानमन्त्री **केपी शर्मा ओलीले मिर्गौला रोगीहरूलाई उपचारका लागि सरकारले अधिकतम ८ लाख ५० हजार रुपैयाँसम्मको सहायता दिने निर्णय भएको जानकारी दिनुभएको छ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै भनेका छन्, “असाध्य रोग लागेका बिरामीहरूको उपचारमा यसले राहत पुग्ने विश्वास सरकारलाई छ।”
अन्य दीर्घरोगका बिरामीलाई पनि सहयोग
प्रधानमन्त्री ओलीका अनुसार, क्यान्सर, मुटु रोग, टाउको चोट (हेड इन्जुरी), मेरुदण्ड चोट (स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर भएका बिरामीहरूले एक लाख रुपैयाँसम्मको उपचार खर्च सहयोग पाउनेछन्।
सरकारको यो निर्णयसँगै दीर्घरोगी बिरामी र तिनका परिवारमा खुशीको लहर छाएको छ।
स्वास्थ्य बिमा अनिवार्य
तर, प्रधानमन्त्री ओलीले यस **सुविधाको लाभ लिनका लागि बिरामी वा तिनका अभिभावकले अनिवार्य रुपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्ने शर्त रहेको पनि स्पष्ट पार्नुभएको छ।
