April 19, 2026

नेपाली काङ्ग्रेस दाङले दंगीशरणमा मनायो विपिको ४३ औं स्मृती दिवस

0

दंगीशरण साउन ६
नेपाली काङ्ग्रेस दाङले सस्थापक नेता ,नेपालका जन निर्वाचित प्रधानमन्त्री,जन नायक विशेस्वर प्रसाद कोइरालाको ४३ औं स्मृती दिवसको अवसरमा दंगीशरण ६ को प्रसडुवामा रहेको भानु माध्यामिक बिधालयको प्राङ्गणमा बृक्षरोपण गरेकोछ ।नेपाली काङ्ग्रेस दाङको आयोजना तथा दंगीशरण गाउँपालिकाको ब्यबस्थापनमा बिधालय परीसरमा बृक्षरोपण गरेकोहो ।

विपि स्मृती दिवसका अवसरमा आयोजित बृक्षारोपण कार्यक्रममा कार्यक्रमका प्रमुख अथिती नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले ८४ मा हुने निर्वाचनलाइ आफ्नो पक्षमा ल्याउन पार्टीभित्र बहस र पैरवीगर्न आवस्यक रहेको बतायकाछन । यो समयको सदुपयोग र संघठन निर्माणको लागि खर्च गर्नुपर्ने उनको भनाइथियो ।भलइ १४औं महाधिवेशनमा कोहि कतै कोहि कतै लागेउहोला तर अब सवै एकैठाउमा आउनुको बिकल्प नरहेको केन्द्रिय सदस्य गिरीको भनाइथियो ।अर्को प्रसङ्गमा गिरीले आफ्नो चरीत्र आचरण र व्यबहार २००७ साल र २०१७ सालकै चरीत्र,आचरण र व्यबहारले  भुइमान्छेको सङ्ग पुग्न नसकिने र जबसम्म काङ्ग्रेस भुइमान्छे सम्म जोडिन सक्दैन भुइ मान्छेको समस्या समाधानका लागि जोडिन सक्दैन तवसम्म काङ्ग्रेस काङ्ग्रेस बन्न नसक्ने प्रमुख अथिती गिरीको जिकिरथियो

सोही अवसरमा नेपाली काङ्ग्रेस दाङका जिल्ला सभापती  संकर प्रसाद डाङ्गीले बिपि स्मृतीको अवसरमा दाङ काङ्ग्रेसले निरन्तर थुप्रै रचनात्मक कार्यक्रमहरु
गर्दैआएको बताएकाछन ।बिपिको बिचार र आदर्श अनुरुप दाङ काङ्ग्रेस अगाडि बढेको र आगामी
दिनमापनि थप रचनात्मक कार्यक्रमकासाथ अगाडी
बढ्ने बताएकाछन ।

४३ औ स्मृती दिवसको अवसरमा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सह महामन्त्री खगराज पाण्डे,नेपाली काङ्ग्रेस दाङका पुर्व जिल्ला सभापती घनश्याम रेग्मी,पुर्व सभापती बृकेस्वरी गौतम,पुर्व सभापती कृति वहादुर खड्का,राष्ट्रिय सभाका प्रमुख सचेतक अनिता देवकोटा,महाधिवेशन प्रतिनिधि शंकर गिरी,महासमिति सदस्य भुप बहादुर डाङ्गी,महाधिवेशन प्रतिनिधि केशव आचार्य,क्षेत्र न ३ का सभापति जगत खड्का,क्षेत्र न २ का सभापती,भिम प्रकाश खड्का,क्षेत्र न १ का सभापती,भेषराज पाण्डे,महाधिवेशन प्रतिनिधि मधु नेपाली,नेपाल थारुसंघका केन्द्रिय सदस्य गणेश चौधरी ,जिल्ला समन्वय समिती दाङका सदस्य सरस्वती नेपाली,लगायतले बिपिको बिचार तथा बिपिले अगाडि सारेको समाजवादको ब्याख्या गरेकाथिय ।

भानु माध्यामिक विधालयको परीसरमा गरीएको बृक्षा रोपण कार्यक्रममा ९ प्रजातीका बिरुवाहरु रोपियकोथियोजसमा गुल्मोहर ,कन्जी
गुलाव,कपुर,अम्बा ,टिमुर,अमला,दालचिनी,खयर,टिक गरि करीब २५० बिरुवाहरु रोपिएकोथियो ।

४३ औं स्मृती दिवस कार्यक्रम नेपाली काङ्ग्रेस दाङका जिल्ला सभापती शंकर प्रसाद डाङ्गीको अध्यक्षता,तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीको प्रमुख आथित्यतामा भएकोथियो ।नेपाली काङ्ग्रेस दंगीशरणका सभापति शम्भु गिरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण नेपाली काङ्ग्रेस दाङका सचीव अर्जुन योगिले गरेकाथिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो