दंगीशरण गाउँपालिका र साझेदारी परीयोजना मार्फत उन्नत प्रविधिको प्रयोगमा जोडिदै दंगीशरणका किसानहरु
दंगीशरण असार ११
दंगीशरण गाउँपालिका र साझेदारी परीयोजना मार्फत कृषि तथा पशुको क्षेत्रमा उन्नत प्रविधिको प्रयोगमा जोडिदै दंगीशरणका किसानहरु ।
आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम “भोकालाइ एक छाक भोजन होइन,जिउने जुक्ती सिकाऔ भन्ने मुल उदेश्यका साथ कृषि विकासमा आधारित साना किसान तथा युवा उधमसिलता विकास साझेदारी परियोजना अन्तर्गत पहिलो पुस्ता बाख्रा उपहार कार्यक्रम दंगीशरण गाउँपालिका वडा न १ को बाकिमा सम्पन्न गरीएकोछ ।दंगीशरण गाउँपालिका दाङ, हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल महिला सामुदायिक सेवाकेन्द्र घोराही दाङको आयोजनामा पहिलो पुस्ताका बाख्रा उपहार कार्यक्रम सम्पन्न गरीएकोहो ।

साझेदारी परीयोजनाको १ करोड ८० लाख र
गाउँपालिकाको ४ करोड २० लाखगरी कुल ६ करोडको त्रीपक्षिय सम्झौतामामा गाउँपालिकामा कृषि र पशुको क्षत्रमा काम भइरहेको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए ।दंगीशरण गाउँपालिकाका अधिकाङस नागरीकहरु कृषिमा आस्रीत रहेकाले परीयोजना मार्फत किसानमुखी कार्यक्रमहरु अगाडि बढाउन पालिकाले साझेदारी परीयोजना मार्फत कृषिमा लगानी गरेको बताए ।३५०० घरधुरीका परीवारमा कृषि र पशुको क्षेत्रमा काम भइरहेको गाउँपालिका अध्यक्ष गिरीको भनाइछ ।
बाख्रा उपहार वितरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले बाख्राको राम्रो पकेट क्षेत्र रहेको दंगीशरण १ र २ न वडामा बाख्रा उपहार बितरणले पशु कृषि पालकहरुलाइ सहयोग पुग्ने उपाध्यक्ष खड्काले बताइन ।अर्को प्रसङ्गमा उपाध्यक्ष खड्काले गाउँपालिकाले संचालनमा ल्यायको दंगीशरण महिला कृषि उधमी सहकारीमा ढुक्कसँग जोडिन आग्रह गरिन ।

आर्थिक शसक्तीकरण सङ्गै सिमित स्रोत साधनको अधिकतम प्रयोगगर्न परीयोजनाले काम गरीरहेको साझेदारी परीयोजना हेफर प्रोजेक्ट नेपालका क्षेत्रीय कार्यक्रम प्रबन्धक प्रकाश केसीले बताए ।राज्यबाट केही प्राप्तगर्ने मात्र नभइ आफू स्वयमले पनि केही दिनुपर्छ भन्ने भावनाको बिकासगर्न, समाजलाइ एकताको सुत्रमा बाधी,सद्भाव र अमन चयनको विकासका लागि परीयोजनाले काम गरेको बताए ।
महिलाहरुमा सामाजिक र आर्थिक शसक्तीकरणमा जोडदिन ,कृषि र पशुको क्षेत्रमा उन्नत प्रविधिको प्रयोग गरि सानाकिसानको आय आर्जनम वृद्धि,जलवायु मैत्री कृषिप्रधिको प्रयोगबाट ग्रामीण क्षेत्रका किसानहरुको आयआर्जनमा टेवा पुर्याउनु साझेदारी परीयोजनाको प्रमुख उदेस्य रहेको प्रबन्धक के.सि.ले बताए ।

वडा न १ मा गठित लगनशील महिला समुह र गुलाव महिला समुहका महिलाहरुले परीयोजना मार्फत पाएका बाख्राबाट उत्पादन भएका पहिलो पुस्ता वाख्राहरुलाइ लालिगुरास महिला समूह र हिमाल समुहका करी २५/२५ महिलाहरूलाइ उपहारस्वरूप बाख्रा वितरण गरिएको हो ।दंगीशरण गाउँपालिका,हेफर प्रोजेक्ट नेपाल,र नेपाल महिला सामुदायिक सेवाकेन्द्र घोराहि दाङको त्रीपक्षिय साझेदारीमा संचालित परीयोजना गाउँपालिकामा ४६ महिनाको लागि काम गरीरहेकोछ ।
पहिलो पुस्ता बाख्रा उपहार कार्यक्रम लगनशिल महिला कृषक समुहका अध्यक्ष हिरा वलिको अध्यक्षता,दंगीशरण गाउँपलिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा भएकोथियो । सो अवसरमा वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरी,वडा न १ का वडा अध्यक्ष रमेश भण्डारी ,प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली लगायतले आ आफ्नो भनाइ राखेकाथिय ।
हिमाल समुहका अध्यक्ष हरीकला डाङ्गीको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण साझेदारी परीयिजना हेफर प्रोजेक्टकी दंगीशरण संयोजक गोमा भट्टराईले गरेकीथिइन ।