सिकलसेल स्कृनिङ तथा अभिमुखीकरण लाइ तिब्रता दिदै दंगीशरण
oplus_0
दंगीशरण असार ११
दंगीशरण गाउँपालिकाले सिकलसेल स्कृनिङ तथा अभिमुखीकरण कार्यक्रमको थालनी गरेकोछ ।गाउँपालिकाका ३ वटा बिधालयमा बुधबारदेखि स्कृनिङ तथा अभिमुखिकरण कार्यक्रमको थालनी गरेको हो ।बुधबार माध्यमिक विधालय मधपुरमा कार्यक्रम सम्पन्न गरेको हो।पछिल्लो समय विशेषगरी थारु समुदायका ब्यक्तीहरुमा बढिमात्रामा देखापर्ने यो रोगलाइ नियन्त्रण तथा सिकलसेलका विरामी पत्ता लगाउन स्कृनिङ तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य साखा प्रमुख प्रदिप योगिले जानकारी दिनुभयो ।

स्कृनिङ कार्यक्रमको उद्घाटन गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले थारु जातिको बाहुल्यता रहेको गाउँपालिकामा थारुजातीमा विशेष लाग्ने सिकलसेल एनेमियाको रोकथाम तथा नियन्त्रणका लागि आफू निर्वाचित भयर आयदेखी नै बजेट बिनियोजन गर्दै आएको बताउनुभयो ।यो रोग कस्लाइ लागेको छ छैन भन्ने पत्ता लागाउन इलेक्ट्रोफोरेसिस माध्यमबाट बिधालयमा अध्ययन गर्ने थारुजातीका विद्यार्थीहरुमा रगतको नमुना लगि चेकजाँच गर्ने ब्यबस्था मिलाइएको अध्यक्ष गिरीले बताउनुभयो ।

स्कृनिङमा १० बर्षदेखी १९ बर्ष उमेर समुहका बालबालिकाको रक्त नमुना संकलन गरीएकोछ ।दंगीशरण ७ को सिद्ध पृथ्वी जनता माध्यमिक विधालय श्रीगाउँ र बिरेन्द्र नमुना माध्यमिक विधालय हेकुलिमा गरी १३ गतेसम्म सिकलसेल स्कृनिङ तथा अभिमुखिकरण गरीने स्वास्थ्य साखा दंगीशरणले जानकारी दिएकोछ ।