दाङको दंगीशरण गाउँपालिका लुम्बिनी प्रदेशमै स्वस्थ गाउँपालिका मापदण्डको रुपमा पहिलो स्थानिय तहको रुपमा छनोट ।
दंगीशरण असार १२
दाङको दंगीशरण गाउँपालिका लुम्बिनी प्रदेशमै स्वस्थ गाउँपालिका मापदण्डको रुपमा पहिलो स्थानिय तहको रुपमा छनोट ।
दाङको दंगीशरण गाउँपालिका लुम्बिनी प्रदेशमै स्वस्थ गाउँपालिका मापदण्डको रुपमा पहिलो स्थानिय तहको रुपमा छनोट भएकोछ ।नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय राष्ट्रीय शिक्षा,स्वास्थ्य,सुचना तथा संचार केन्द्र काठमाडौले लुम्बिनी प्रदेशको दाङ जिल्ला अन्तर्गत दंगीशरण गाउँपालिकालाइ स्वस्थ गाउँपालिका मापदण्डको रुपमा छनोट गरेको हो ।विहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालायको आयोजना तथा दंगीशरण गाउँपालिकाको समन्वयमा स्वस्थ गाउँपालिका मापदण्ड सम्बन्धी अभिमुखिकरण तथा छलफल समेत गरिएको हो ।

अभिमुखिकरण कार्यक्रमको समापन गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले लुम्बिनी प्रदेशमै दंगीशरण गाउँपालिकालाइ स्वस्थ गाउँपालिकाको रुपमा छनोट गरेकोमा खुसी ब्यक्तगरे ।स्वस्थ गाउँपालिकाका मापदण्डका धेरैजसो सुचकहरु मध्य आफुहरु धेरैजसो सुचकहरु नजिक पुगेकाले मन्त्रालयको सहयोग भए लुम्बिनी प्रदेशमै पहिलो स्वस्थ गाउँपालिका घोषणाका लागि आफुहरु प्रतिबद्ध रहेको अध्यक्ष गिरीको भनाइ छ ।
अभिमुखिकरण गर्नुको उदेस्य, स्वस्थ पालिका अवधारणाको वारेमा जानकारी गराउन ,स्वस्थ पालिका मापदण्डको मस्यौदा माथी छलफल गरि राय सुझाव संकलन गर्न, तथा स्वास्थ पालिका मापदण्डको समूह कार्य गर्नका लागि रहेको राष्ट्रीय शिक्षा,स्वास्थ्य,सुचना तथा संचार केन्द्र काठमाडौका शिक्षा प्रशाशक अरुण ज्ञवालीले बताएकाछन ।

यस्तै स्थानिय तहका जनप्रतिनिधिहरु तथा सरोकारवाला हरुलाइ शसक्त बनाउन,स्थानिय सन्दर्भमा उपयुक्त स्रोत र साधनको उचित ब्यबस्थापन गर्न,अन्तर क्षेत्रीय सहकार्यलाइ बढावा दिन,तथ्यपरक निर्णयलिन सहयोग गर्न,र समुदायको सहभागीतालाइ प्रोत्साहन गर्न स्वस्थ पालिका मापदण्डको औचित्य रहेको जानकारीदिए
स्वस्थ गाउँपालिका मापदण्डको रुपमा ७ वटा सुचकहरु रहेकाछन । जसमध्ये समग्र स्वास्थ्य शासन,पालिका स्वास्थ्यमा समता,स्वास्थ्यमैत्री पालिका योजना,स्वस्थ जिबनशैलि र सार्वजनिक स्वास्थ्य प्रवर्द्धन ,समुदाय र नागरीक सहभागीता,जलवायु परीवर्तन र स्वस्थ उत्थान्सिल,र आपतकालिन स्वास्थ्य प्रतीकार्य,गरि ७ वटा सुचकमा रहि स्वस्थ गाउँपालिका मापदण्डहुने बिभागका प्रशाशक गणेश श्रीवास्तवले बताए ।
स्वस्थ गाउँपालिका मापदण्ड सम्बन्धि अभिमुखिकरण तथा छलफल कार्यक्रममा स्वास्थ्यकर्मी जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेकोथियो ।अभिमुखिकरण कार्यक्रम दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएकोथियो ।