दंगीशरणमा ७ जना किसानलाई लोकल कुखुरा वितरण
दंगीशरण, असार २ ।
दंगीशरण गाउँपालिका र साझेदारी परियोजना (भिटा) अन्तर्गत दंगीशरण गाउँपालिकाका ७ जना कुखुरा पालक किसानलाई लोकल कुखुरा वितरण गरिएको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको लोकल भाले प्रवर्द्धन कार्यक्रमअन्तर्गत प्रत्येक किसानलाई ५७ वटा लोकल कुखुरा वितरण गरिएको साझेदारी परियोजनाकी संयोजक गोमा भट्टराईले जानकारी दिनुभयो।
कुखुरा वितरण कार्यक्रम गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको उपस्थितिमा वितरण गरिएको हो।


