April 19, 2026

दंगीशरणमा एकीकृत पाठ्यक्रम सम्बन्धि ५ दिने क्षमता विकास तालिम सुरु

0

दंगीशरण, असार २ ।
दंगीशरण गाउँपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा कक्षा १ देखि ३ सम्मका शिक्षकहरूलाई लक्षित गर्दै पाँच दिने एकीकृत पाठ्यक्रम सम्बन्धी क्षमता विकास तालिम सोमबारदेखि सुरु भएको छ। तालिम बिरेन्द्र नमुना माध्यमिक विद्यालय, हेकुलीमा सञ्चालन भइरहेको छ।

तालिमको औपचारिक उद्घाटन गाउँपालिका अध्यक्ष शम्भु गिरीले गर्नुभयो। उद्घाटन सत्रमा बोल्दै अध्यक्ष गिरीले सिकाइ निरन्तर चलिरहने प्रक्रिया भएकाले पुनर्ताजगीको रूपमा यस्तो तालिम फलदायी हुने बताउनुभयो। साथै, सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गइरहेका बेला निजी विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर अभिवृद्धिमा जोड दिन शिक्षकहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले तालिममार्फत शिक्षकहरूको सिकाइ क्षमता थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।

तालिम कार्यक्रम शिक्षा शाखा प्रमुख बिनोद अधिकारीको अध्यक्षता, अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा र उपाध्यक्ष पिमा वलि खड्काको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा सहजीकरण शिक्षा शाखा सहायक उमा के.सी.ले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो