July 14, 2025

केदारनाथ नजिक हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

0

भारत, आइतबार — भारतको उत्तराखण्ड राज्यस्थित केदारनाथ मन्दिर नजिक गौरीकुण्डमा भएको हेलिकप्टर दुर्घटनामा पाइलटसहित सात जनाको ज्यान गएको छ। आइतबार बिहान करिब ५:२० बजे आर्यन एभिएसन कम्पनीको हेलिकप्टर दुर्घटनामा परेको हो।

हेलिकप्टरमा सवारमध्ये दुई वर्षीय बालक पनि थिए। यात्रुहरू केदारनाथ मन्दिरबाट गौरीकुण्डतर्फ फर्किंदै गर्दा हेलिकप्टर खराब मौसमका कारण दुर्घटनामा परेको उत्तराखण्ड सिभिल एभिएसन डेभलपमेन्ट अथोरिटीले जनाएको छ।

दुर्घटनामा उत्तर प्रदेश र महाराष्ट्रका दुई–दुई जना तथा उत्तराखण्ड, राजस्थान र गुजरातका एक–एक जना यात्रु सवार थिए। घटनास्थलमा एनडीआरएफ र एसडीआरएफको उद्धार टोली तुरुन्त परिचालन गरिएको थियो।

दुर्घटनापछि चारधाम यात्रामा प्रयोग हुँदै आएका सबै हेलिकप्टर सेवामा तत्काल रोक लगाइएको छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले हेलिकप्टर उडानसम्बन्धी नियमन कडा बनाउने घोषणा गरेका छन्। उनले अबदेखि प्राविधिक परीक्षण र मौसमको सटिक पूर्वानुमान बिना हेलिकप्टर उड्न नपाउने व्यवस्था लागू गरिने स्पष्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो