July 14, 2025

दंगीशरणमा पहिलोपटक स्वस्थ शिशु प्रतियोगिता सम्पन्न

0

दंगीशरण, जेठ ३० — दाङको दंगीशरण गाउँपालिकाको स्वास्थ्य शाखाले पहिलोपटक स्वस्थ शिशु प्रतियोगिता सम्पन्न गरेको छ। शिशुहरूको स्वास्थ्य, पोषण, सरसफाइ, नियमित खोप, जन्मदर्ता लगायतका मापदण्डमा आधारित प्रतियोगिता आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख प्रदिप योगीले जानकारी दिनुभयो।

प्रमुख योगीका अनुसार, दाङमै पहिलोपटक यस्तो नवीन कार्यक्रम सञ्चालन गरिएको हो। पोषणको कमी देखिएका बालबालिकाको पहिचान र सुधारका लागि यो कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले शिशुको समग्र स्वास्थ्य सुधारतर्फ ध्यान केन्द्रित गरिएको बताउनुभयो।

प्रतियोगितामा पूर्ण स्तनपान, सम्पूर्ण खोप लगाइएको अवस्था, तौल वृद्धिको अनुगमन, ३५ दिनभित्र जन्मदर्ता, सरसफाइ तथा पीएमसी भिजिटका आधारमा मूल्याङ्कन गरिएको थियो। मूल्याङ्कनको आधारमा शुशान्त गौतम प्रथम, सिम्रन विक द्वितीय, शुभम चौधरी तृतीय र निश्चल चौधरी सान्त्वना विजेता भएका छन्।

कार्यक्रम दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वास्थ्य शाखा सहायक राधा शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहजीकरण स्वास्थ्य शाखा प्रमुख प्रदिप योगीले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो