April 19, 2026

दंगीशरण–३ ले किसानलाई कम्बाइन मिल र दलित बालबालिकालाई स्टेसनरी वितरण

0

दंगीशरण, जेठ २९ — दंगीशरण गाउँपालिका–३ ले वडाभित्रका १० जना किसानलाई ५० प्रतिशत अनुदानमा कम्बाइन मिल वितरण गरेको छ। साथै, दलित शिशु तथा बालबालिकालाई लक्षित गर्दै शैक्षिक सामग्री (स्टेसनरी) वितरण गरिएको छ।

वडाको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार कम्बाइन मिल वितरण र स्टेसनरी वितरण कार्यक्रम संयुक्त रूपमा सम्पन्न गरिएको वडा सचिव प्रमोद गिरीले जानकारी दिए।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले कृषि क्षेत्रमा आधुनिकीकरण आवश्यक भएको उल्लेख गर्दै, “कम्बाइन मिल वितरणले किसानको दैनिकी सहज र उत्पादकत्वमा सहयोग पुग्ने विश्वास लिएको छु,” भन्नुभयो। उनले दलित लक्षित कार्यक्रममा वितरण गरिएको शैक्षिक सामग्रीले आर्थिक रुपमा विपन्न बालबालिकाको शिक्षामा टेवा पुग्ने बताए।

कार्यक्रम वडा नं. ३ का अध्यक्ष शुकलाल चौधरीको अध्यक्षतामा र पालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा जिल्ला समन्वय समिति दाङका सदस्य टोपाराम चौधरी, गाउँपालिकाका प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली, तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विनोद अधिकारी लगायतले आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रमको सहजीकरण पालिका प्रेस संयोजक प्रमोद आचार्यले गर्नुभएको थियो भने वडा नं. ३ का युवा अनिल रसाइलीले स्वागत मन्तव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो