दाङको बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षत्रीमाथि कार्यकक्षमै हेलमेट प्रहार

घटनाको समयमा अध्यक्ष खत्री कार्यकक्षमै बसिरहेका थिए। अध्यक्ष खत्रीले बताएअनुसार, योजना माग्न गाउँपालिकामा आएका पूर्णबहादुर मास्की र कार्यपालिका सदस्य नारायण परियारले आक्रमणकारीलाई धकेल्दै आफूलाई जोगाएका थिए।
सामाजिक सञ्जालमा पछ्याउनुहोस्

आक्रमणबाट मास्कीको कोखामा चोट लाग्नुका साथै चश्मा समेत फुटेको जनाइएको छ। आक्रमणपछि सुरक्षाको लागि कार्यपालिका सदस्य परियार, मास्की लगायतले हमाललाई नियन्त्रणमा लिई कार्यकक्षबाट बाहिर पठाएका थिए। अध्यक्ष खत्रीले हमालले कार्यकक्षमा तोडफोड पनि गरेको र एउटा दराजसमेत फुटेको जानकारी दिए।
घटनामा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी परेको भए पनि संलग्न व्यक्ति अझै पक्राउ परेका छैनन्।
दाङ– दाङको बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षत्रीमाथि कार्यकक्षमै एक युवकले आक्रमणको प्रयास गरेका छन्। बबई गाउँपालिका वडा नं. ७ चरकमटियाका सुरेश हमालले अध्यक्षको कार्यकक्षमा प्रवेश गरी एकाएक हेलमेट प्रहार गरेका थिए।